32.3 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

सडकको दुबैतिर नाली निर्माण गर्न स्थानीयको माग

धनगढी , कात्तिक १५ गते ।

संघिय आयोजना कार्यान्वयन एकाईले निर्माण गर्न गरिरहेको पाँच दशमलव पाँच मिटर चौडाईको कालोपत्र सडकको काम गर्दा एकातिर मात्रै नाली वनाईन थालेपछि स्थानीय आक्रोसित भएका हुन्।

सडकको दुबैतिर एक हजार ८ सय मिटर लम्वाईको नाली निर्माण गर्ने योजना रहेकोमा एक हजार एक सय ६० मिटर सडकको पुर्वतिर नाली निर्माण भएको छ भने पश्चिमतिर नाली निर्माणको काम अधुरो छ। पश्चिमतिरका वासिन्दाले नाली निर्माणको काम पुरा गर्न माग गरेका छन्।

स्थानीय गंगादेवी कोलीले सो क्षेत्रका स्थानीयले नाली निर्माण गर्ने भनीएकाले घरहरु भत्तकाएको बताईन।

उनले भनिन– बसेको मन्छेको घर भत्कायो, दोकान भत्कायो, होटलहरु थिए भत्कायो, जनतालाई समस्या छ। तर अहिले आएर नाली निर्माण नगर्ने भन्दैछन, किन यस्तो हो ?

सडक निर्माणको ठेक्का पाएको रोयल कन्ट्रक्सनले सडकमा माटो भरानको काम गरिरहेको छ। माटो भरानको काम सकिएपछि कालोपत्रेको काम सुरु हुने तर नाली निर्माण नहुने भएपछि स्थानीयमा आक्रोस वढेको हो।

जोशी टोलका टपराज जोशीले भने,–नाली सहितको सडक हुने भनिएको थियो ।

तर भएन, सडकको दुबैतिर नाली आवश्यक छ।

धरै ठाँउमा ९ मिटर समेत सडकको चौडाई नरहेको बताए। पुर्वतिर निर्माण भएको नालीमा समेत ढल नवगेको उनले बताए।
निर्माण गरिएको नालीमा समेत पानी नबग्ने गरेको स्थानीयले बताएका छन।

उनीहरुले असारमा नालीको निर्माण सकिएको भएपनि ढल नवढेको वताएका हुन्।

९ मिटर दुबै तिरको नाली सहितको सडक कालोपत्रे हुने भनिएकोमा हाल योजना परिवतर्न गरिएको स्थानीयको आरोप छ।

दुबैतिर नाली निर्माण गर्ने भनिएकाले सबैले घर भत्काएको तर नाली निर्माण आधै गरेरे सडक कालोपत्रेका लागि तयारी सुरु भएको भन्दै स्थानीय आक्रोसित भएका हुन।

संघीय शहरी विकास कार्यक्रम अन्तरगतको पहिलो प्याकेज अन्तर २ करोड ८७ लाखमा रोयल कन्ट्रक्सनले ठेक्का पाएको थियो। घर नभएका क्षेत्रमा नाली निर्माण नगर्ने सम्झौता भएकोमा नाली निर्माणको बिषयमा पुनः विचार गर्न सकिने वडा कार्यालयले बताएको छ।

वडा नम्बर १ का अध्यक्ष सन्तोष मुडभरीले जनप्रतिनिधि आउनु अगाडी नै सडकको डिपिआर बनेको बताए। उनले नाली निर्माणका बिषयमा अझै समस्या रहेको बताए। स्थानीय, योजना कार्यान्वयन एकाई, स्थानीय र निर्माण कम्पनीसंग सम्वनय गर्ने उनले बताए।

पश्चिमतिरको जमिन होचो भएकाले खर्च बढी हुने आयोजना कार्यान्वयन एकाई कार्यालयले जनाएको छ।

३-४ सडकलाई प्याकेज बनाएर सडक निर्माण गरिरहेको भन्दै रकम बचेमा मात्रै नाली समेत निर्माण गर्न सकिने आयोजनाले जनाएको छ। तर बस्ती नभएको क्षेत्रमा नाली निर्माण नहुने वताउँदै संघीय शहरी विकास कार्यान्वयन एकाई कार्यालयका ईन्जिनियर उमेश चौधरीले होचो जमिन भएको क्षेत्रमा नालीको योजना नरहेको बताए।

उनले भने– होचो क्षेत्रमा नाली निर्माण गर्दा लागत बढि लाग्ने देखियो, बस्ती भएको क्षेत्रमा मात्र नाली निर्माण गर्ने योजना छ। प्याकेजमा सडक निर्माण हुदैछ, अन्य सडकबाट रकम बचाउन सके नाली निर्माण गर्न सकिन्छ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १ शान्ति नगरका स्थानीयले सडकको नाली एकातिर मात्रै निर्माण हुन थालेपछि आक्रोसित भएका छन्।

संघीय आयोजना कार्यान्वयन एकाईले सडकको योजना निर्माण सुरु गर्नुअघि सडकका दुवैतिर नाली वताए पनि हाल आएर एकातिर मात्रै नाली निर्माण गरेर सडक कालोपत्रेको काम सुरु भएपछि स्थानीयले त्यसको विरोध गरेका छन्।

वडा नम्बर १ पशुपति टोलको चोकदेखि हर्क पार्कीको घर रहेको कल्र्भटसम्मको एक हजार एक सय ६० मिटर लम्बाई सडक निर्माणमा एकातिर मात्रै नाली वनाईदा यसले बर्षातमा घर डुब्ने चिन्ता स्थानीयहरुको रहेको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles