42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

अध्यक्ष बुढाथोकीद्धारा १ लाख ११ हजार दान

दार्चुला , कार्तिक १४, २०७५ ।

जिल्ला सदरमुकाम खलंगा स्थीत महेन्द्र नमुना माध्यमिक विद्यालयको प्रांगणमा संचालित मानस खण्ड दार्चुला धार्मीक महामहोत्सवमा हाल सम्मकै अधिकतम धनराशी दान गर्ने ब्याँस गाउपालिका अध्यक्ष दिलिप सिंह बुढाथोकी महायज्ञको दोस्रो महानायक बन्नुु भएको छ ।

अध्यक्ष बुढाथोकीले महायज्ञमा सबै भन्दा बढी रु १ लाख ११ हजार १ सय ११ रुपैया नगद दान गरेका छन् ।

अध्यक्ष बुढाथोकीले बुधबार महामहोत्सवमा उक्त धनराशी दान गर्नु भएको हो । यस अघि महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले धार्मीक महायज्ञमा व्याक्तिगत रु एक लाख एक रुपैया दान गरि पहिलो महानायक बनेका थिए ।

यस्तै हाल सम्म मा तीन जना सभा नायक बनेका छन् । पहिलो सभानायक बनेका महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीले रु ५१ हजार १ सय ५१ रुपैया तथा दोस्रो सभानायक बनेका पुर्व शिक्षक एवं महाकाली नगरपालिका वडा नं ५ का स्थानिय जयदेव अवस्थीले धार्मीक महायज्ञमा रु ५१ हजार ५ सय ५५ रुपैया दान गरेका थिए ।

तेस्रो सभा नायक बनेका पुर्व शिक्षक एवं खलंगाका स्थानीय लक्ष्मी दत्त जोशीले रु ५५ हजार ५ सय ५५ दान गरेका छन् ।

यस्तै उक्त धार्मीक महायज्ञमा भिडि जोशी स्मृती प्रतिष्ठानले रु २५ हजार ५ सय ५५ रुपैया दान गरेको आयोजकले जनाएको छ ।

धार्मीक महायज्ञमा १३ जनाले जनही रु २१ हजार भन्दा बढी, २५ जनाले जनही रु ११ हजार भन्दा माथी र १० जनाले जनही रु ५ हजार भन्दा बढी रकम दान गरेका छन् ।

६ दिनको अवधीमा रु १० लाख बढी दान रकम संकलन भएको मुल आयोजक समितिका महासचिव दामोदर जोशीले जानकारी दिए ।

विद्यालयको शैक्षिक एवं सर्वाङ्गीण विकासका लागी आयोजना गरिएको धार्मीक महोत्सवमा दैनिक भक्तजन

आउने क्रम बढेको आयोजकले जनाएको छ ।

महायज्ञमा दैनिक योग सिविर, यज्ञ पुजा, सहस्त्र सालिग्राम पुजा अर्चना, श्रीमद् भागवत कथा वाचन, विभिन्न भक्ति संगीत, बालवालिकाहरुका लागी नैतिक शिक्षा, धार्र्मीक झाकीहरु हुने गरेका छन् ।

धार्मीक महायज्ञको विहीबार (भोली) औपचारीक रुपमा समापन हुदैछ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles