37.4 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

धनगढीमा बौलाहा कुकुरको आतंक

धनगढी , कार्तिक १४, २०७५ ।

धनगढीको बोराडाँडीमा भुस्याहा र बौलाहा कुकुरको आतंक फैलिएको छ ।

भुस्याहा कुकुरले अन्य कुकुर र वस्तुभाउलाई पनि धमाधम टोक्न थालेपछि त्यसको आतंक फैलिएको हो ।

बाटोमा हिड्ने जो कोहीलाई टोक्न थालेपछि स्थानीय वासिन्दा त्रसित भएका छन् ।

भुस्याहा र बौलाह कुकुरले घाँटीभन्दा माथि टोकपछि ६ जनालाई उपचारका लागि काठमाण्डौं र लखनउ पठाईएको छ ।

घाँटीभन्दा माथिल्लो भागमा टोकेमा निकै महँगो सुई हुने र सरकारले पनि त्यो अनुदान नदिने भएका घाँटीमाथि टोकेका दुई जना काठमाण्डौं रेफर भएका हुन् । चार जना उपचारका लागि लखनउ समेत गएका छन् ।

भुस्याहा र बौलाह कुकुरले टोकेपछि सेती अञ्चल अस्पतालमा आठ जनाले दुई दिनमा उपचार गराएका छन् ।

त्यसमा हिमांशु बडु, लोकेन्द्र भण्डारी घाँटीभन्दा माथि टोकिएका कारण काठमाण्डौंमा उपचार भईरहेको छ ।

त्यसैगरी सुजिता चौधरी लालमान राना माया विसी र सोहन ठाकुरलाई लखनउ रेफर गरिएको छ ।

भुस्याहा कुकुरले टोकेका कृष्ण चौधरी लक्ष्मण राना जयवहादुर थापाको भने सेती अञ्चल अस्पतालमा उपचार गरिएको छ ।

अन्य वडाका वासिन्दालाई भुस्याहा कुकुरले टोकेको छ ।

आधा दर्जनको संख्यामा रहेका भुस्याहा कुकुरले बाटोमा देखेका जो कोहीलाई टोकेर आतंक मच्चाएपछि स्थानीय वासिन्दा त्रसित भएका छन् ।

उनीहरुले स्थानीय प्रशासन प्रहरी जनप्रतिनिधि प्रदेश सरकारले कुनै चासो नदिएको वडा नम्वर ३ का वासिन्दाको आरोप छ ।

दुई दिनको अवधिमा दर्जनौं मानिसहरुलाई भुस्याहा र कौलाहा कुकुरहरुले टोकेपछि त्यसको आतंक फैलिएको हो ।

आधा दर्जनको संख्यामा रहेका भुस्याहा कुकुरहरुले वाटोमा देखेका जो कोही मानिस र जनावारलाई समेत टोक्न थालेपछि वडा नम्वर ३ का वासिन्दा त्रसित भएको अनुहारमा टोकेर पनि आर्थिक अभावले उपचारका लागि अन्यत्र जान नसक्नुभएकी भागेश्वरी फुलाराले बताईन् ।

विहान मर्निङ वाक गर्नेदेखि घरमै वसेका वालवालिकाहरुलाई भुस्याहा कुकरले टोकिरहेको छ ।

बौलाह कुकुरले मानिस र वस्तुभाउलाई टोक्न थालेपछि वडाका वासिन्दा आतंकित वनेको  कुकरको टोकाईवाट घाईते कल्पना महराले बताईन् ।

रेविज विरुद्धको सुई सरकारले निशुल्क दिने गरेका कारणघाँटीभन्दा तल्लो भागमा टोकेमा उपचार गर्न सकिने भएकोले उनीहरुले त्यो सुई लगाएका छन् ।

तर घाँटीभन्दा माथि टोेकेमा रेविज विरुद्धको सुईले काम नगर्ने र तौल अनुसारको रेविज ईमिनोग्लोविन लगाउनु पर्ने र त्यो यहाँ नभएपछि कतिपयले अन्यत्र गएर उपचार गराईरहेका छन् ।

काठमाण्डौमा उपचार गराई रहेका लोकेन्द्र भण्डारीले उपचारका लागि वीर अस्पतालमा भर्ना भएको वताएको छ ।

भुस्याहा र वौलाह कुकुरले जथाभावी टोक्न थालेपनि नियन्त्रणका लागि कसैले प्रयास नगरेको स्थानीयको आरोप छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles