29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

डोटीमा नगरबस, सिलगढी नगरबासीमा खुसि को लहर

डोटी, कात्तिक १३ ।

स्थानीय बासिन्दाको मागलाई ध्यानमा राख्दै दिपायल सिलगढी नगरपालिकामा नगरबस सञ्चालनमा ल्याएको छ । नगरबस सेवा सञ्चालनमा आएसँगै यात्रुहरूलाई सहज भएको छ । नगरबस सञ्चालनमा आएपछि दिपायल, सिलगढी, राजपुर, पिलल्लालगायतका बजारमा ओहोरदोहोर गर्न सवारीसाधनका लागि घण्टौँ कुर्नुपर्ने बाध्यताबाट नगरवासीले मुक्ति पाएका छन् ।

 

यसअघि शैलेश्वरी यातायात व्यवसायी सङ्घअन्तर्गतका जीपले यात्रु ओसार्दै आएको भए पनि यात्रुबाट महँगो भाडा लिने र यात्रुहरूले असुरक्षित रूपमा यात्रा गर्नुपरेको गुनासो थियो । यही गुनासोलाई ध्यान दिई दिपायल सिलगढी नगरपालिकाले हाल दुईवटा नगरबस सञ्चालनमा ल्याएको छ ।

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीका अनुसार नाफा कमाउनेभन्दा पनि नगरवासी र सदरमुकाम सिलगढीलगायत दिपायलमा ओहोरदोहोर गर्ने यात्रुहरूलाई सहज होस् भन्ने उद्देश्यले नगरबस सञ्चालनमा ल्याइएको हो । प्रमुख मलासीले भन्नुभयो, यात्रुहरूले खुसी नै व्यक्त गरेका छन् । यसलाई थप व्यवस्थित र सहज बनाउनका लागिसमेत हामी योजना बनाइरहेका छौँ ।

दिपायल र सिगलगढीको १० किलोमिटरको दूरीमा शैलेश्वरी यातायातअन्तर्गतका जीपले ५० रुपियाँ भाडा लिँदै आएकोमा नगरबसले सोही दुरीमा ३० रुपियाँ भाडा दर कायम गरेको छ । जसले गर्दा सस्तो र सुरक्षित रूपमा स्थानीय बासिन्दाले यात्रा गर्न पाएका छन् ।

दिपायलमा चल्न थाले नगरबस
दिपायलमा चल्न थाले नगरबस

दिपायल सिलगढी वडा नं. ६ मा बस्दै आउनुभएका दिनेश रोकायाले भन्नुभयो, जीप सञ्चालकहरूको मनोमानीसमेत कम भएको छ ।

अप्ठ्यारो पर्दा दिपायल सिलगढी रिजर्भ गरेर १० किलोमिटर दूरीको एक हजार ५०० रुपियाँसमेत तिरेको छु । घण्टा÷घण्टामा नगरबस आउन थाल्दा हामीलाई यात्रामा सहज भएको छ ।

दिपायल सिलगढी नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो बैठकले दिपालय सिलगढी नगरपालिकालगायत नगरका आसपासका क्षेत्रलाई लक्षित गरी नगरबस सञ्चालनमा ल्याउने निर्णय गरिएको थियो ।

दिपायल सिलगढी नगरपालिकामा नगरबस सेवा सहज भएको देखेपछि जिल्लाको पूर्वीचौकी गाउँपालिका र शिखर नगरपालिकाले समेत बस सेवा सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles