28.5 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

मुटुरोग विशेषज्ञ नहुँदा हृदयघातले ज्यान गुमाउने बढ्दै

कैलाली , कार्तिक १२, २०७५ ।

प्रदेश नम्वर ७ मा मुटुरोगका विशेषज्ञ चिकित्सक नभएपछि हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढ्दै गएको छ।

गत बर्षको चिसो मौसमा कैलाली, कञ्चनपुरमा मात्रै १५ जनाभन्दा बढीको ज्यान गएकोमा यस बर्षपनि चिसो सुरु हुने वित्तिकै हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढिरहेको छ ।

८८ वटा स्थानीय तहसंगै प्रदेश सरकारले पनि सुदूरपश्चिममा मुटुरोगका विशेषज्ञ चिकीत्सक ल्याउन नसक्दा हृदयघातका कारण ज्यान गुमाउनेको सङख्या बढ्दै गएको हो।

विशेषज्ञ डाक्टरको अभावमा प्रदेशवासीलाई मुटुलाई स्वस्थ राख्न पनि चुनौती बढ्दै गएको छ।

मुटुरोगका विशेषज्ञ चिकीत्सक नहुँदा विरामीले नियमित परिक्षण गर्न पाईरहेका छैनन् भने हृदयघात हुने वित्तिकै उपचार नपाउँदा पनि ज्यान गुमाउनु परेको छ ।

प्रदेश सरकार भने देशभरीमै मुटुरोग विशेषज्ञ डाक्टर नभएको भन्दै पन्छिरहेको छ।

शुत्रवार साँझ धनगढीको ऐश्वर्या विद्या निकेतनका शिक्षक रुद्रलाल जोशी धनगढी उप–महानगरपालिका वडा नम्वर ३ स्थित आफ्नै घरबाट बजार जान जुत्ता लगाउदै थिए ।

जुत्ता लगाउने बेला जोशीलाई हृदयघात भयो।

त्यसको केहीबेरमै नजिकैको माया मेट्रो अस्पताल पुगाईएका जोशीलाई डाक्टरले मृत घोषणा गरिदिए।

५१ बर्षकै उमेरमा पहिलो पटक हृदयघात हुँदा जोशीले ज्यान गुमाउन प¥यो। धनगढीमै  विशेषज्ञ डाक्टर नहुँदा जोशीले आफ्नो मुटु स्वस्थय छ वा छैन भन्ने जाँच गराउने मौका पनि नपाएको मृतकका आफन्त टेकराज अवस्थीले बताए । जोशी त एउटा उदाहरण मात्रै हुन।

प्रदेश नम्वर ७ का कुनै पनि अस्पतालमा मुटुरोगका विशेषज्ञ डाक्टर नभएकै कारण कैयौंले ज्यान गुमाईरहेका छन्।

हृदयघात भएपछि पैसा र समय सबैभन्दा बढी महत्वपुर्ण हुने भएकाले कतिपयले आर्थिक जोहो गर्न नपाएर उपचार पाईरहेका छैनन् भने कतिपयले विशेषज्ञ सेवा सहितको अस्पताल पुगाउन नपाउँदै घरको सदस्यलाई गुमाईरहेको ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टले बताए ।

सुदूरपश्चिम प्रदेशरभरी मुटु रोगीको संख्या दिन प्रतिदिन बढेपनि दक्ष चिकित्सक र उपकरण अभावले रोगको पहिचान गर्नै मुस्किल भएको छ।

सुदूरपश्चिम प्रदेशमा डडेल्धुराको उपक्षेत्रीय अस्पताल र धनगढीको सेती अञ्चल अस्पतालमा गरी २ जना मुटुरोग विशेषज्ञ डाक्टरको दरबन्दी भएपनि सुरुवातदेखि नै रिक्त छ ।

म्ुटुरोग विशेषज्ञ डाक्टर ल्याउनै नसिकने सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थी बताउँछन् ।

३० लाख जनसङख्या रहेको प्रदेश नम्वर ७ मा एक जना मुटुरोग विशेषज्ञ चिकित्सक पठाउन समेत विगतमा स्वास्थ्य मन्त्रालयले आनाकानी गरेकोमा अहिले आएर प्रदेशको स्वास्थ्य मन्त्रालयले पनि डाक्टर ल्याउन पहल गरेको छैन ।

सेती अञ्चल अस्पताल, महाकाली अञ्चल अस्पताल र डडेल्धुराको उप क्षेत्रीय अस्पतालको स्तरोन्नति गर्ने नारा हरेक निर्वाचनमा लाग्छ तर जितेका कुनै पनि नेताले त्यसपछि अस्पतालको स्तरोन्नति त परै जाओस, तलब दिएर पाईने चिकित्सकको दरबन्दी समेत ल्याउन सकेका छैनन ।

यता प्रदेशको सामाजिक विकास मन्त्री दिर्घ सोडारी भने मुटुरोग बिशेषज्ञकै अभाव भएकोले यसक्षेत्रमा ल्याउन नसकेको बताए ।

सेती अञ्चल अस्पताल र उपक्षेत्रीय अस्पतालमा मुटुरोग विशेषज्ञको दरबन्दी त छ तर त्यो दरबन्दी सुरुवातदेखि नै रिक्त छ ।

हृदयघातका कारण ज्यान गुमाएका परिवारका सदस्यले यस क्षेत्रमा बिशेषज्ञ डाक्टर नभएकै कारण परिवारको सदस्य गुमाउन परेको पिडा सुनाएका छन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles