36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

निर्मला पन्त हत्या प्रकरणः महेन्द्रनगरमा परिवार सहित प्रदर्शन

महेन्द्रनगर , कार्तिक १२, २०७५।

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका हत्यारा सार्वजनिक गर्न माग गर्दै महेन्द्रनगरमा प्रदर्शन गरिएको छ ।

निर्मलाका परिवार, अधिकारकर्मी लगायतले आज महेन्द्रनगरमा प्रदर्शन गरेका हुन् ।

बलात्कारपछि हत्या भएको तीन महिना पुगिसक्दा पनि अझै अपराधी सार्वजनिक नगरिएको भन्दै परिवार र अधिकारकर्मीहरुले नाराबाजी सहित प्रदर्शन गरेका हुन्।

महेन्द्रनगरको मदन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन पुगेर समापन भएको थियो ।

प्रमुख जिल्ला अधिकारी मार्फत अल्टिमेटम सहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको नागरिक संघर्ष समितिका संयोजक मीना भन्डारीले जानकारी दिईन्।

प्रदर्शनमा निर्मला पन्तका गाउँका महिलाहरुको पनि सहभागीता रहेको थियो ।

गत साउन १० गते १३ वर्षीय किशोरी पन्तको बलात्कारपपछि हत्या गरिएकोमा तीन महिनासम्म पनि हत्यारा पक्राउ परेका छैनन्।

दसैँको समयमा आन्दोलन स्थगित गरेका महिला अधिकारकर्मीले पुनः आन्दोलन सुरु गरेका हुन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles