42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

धार्मिक महोत्सव हुने

कञ्चनपुर, कार्तिक १२, २०७५ ।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ मा कात्तिक १४ गतेबाट धार्मिक महोत्सव हुने भएको छ ।

यसका लागि तयारी तिव्र पारिएको छ ।

बेलडाँडी गाउँपालिका वडा नम्बर ५ स्थित झिलमिलामा रहेको बैजनाथ माध्यमिक विद्यालयको सर्वाङ्गिण विकासार्थ कार्यक्रम आयोजना गर्न लागिएका धार्मिक महोत्सव मुल समितिका संयोजक लाल बहादुर रावतले जनकारी दिए ।

विद्यालयको आफ्नै आर्थिक श्रोत नरहेको र अभिभावकको भर मात्र विद्यालय सञ्चालनमा रहेको हुनाले थप कक्षा सञ्चालन र प्राविधिक शिक्षा सञ्चालनका लागि धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको संयोजक रावतले बताए ।

विद्यालयमा स्वीकृत प्रा.वि. दरबन्दी ५ जना शिक्षक र १ जना राहत दरवन्दी गरि ६ जना प्रा.वि तहमा छन्, भने नि.मा.वि. तहमा २ जना राहत दरवन्दी र मा.वि तहमा कुनै दरवन्दी रहेको छैन् ।

मा.वि. संचालनका लागि विद्यालयले २ जना शिक्षक निजि राखि काम चलाउदै आएको छ ।

१४ गते देखि सुरु हुने धार्मिक महोत्सव २० गते सम्म सञ्चालन हुनेछ ।

कार्यक्रमको तयारी ८० प्रतिशत पुरा भई सकेको  महोत्सव मुल समितिका संयोजक लाल बहादुर रावतले जनकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles