36.9 C
Mahendranagar
Tuesday, April 23, 2024
spot_img

स्थानीय तह सञ्चालन भएको डेढ बर्षसम्म पनि कर्मचारी अभाव कायमै

कैलाली, कार्तिक १२, २०७५ ।

स्थानीय तह सञ्चालनमा आएको डेढ बर्ष पुग्नै लाग्दा समेत कैलालीका स्थानीय तहमा कर्मचारीको अभाव कायमै रहेको छ।

कर्मचारी व्यवस्थापनमा समस्या आएपछि कैलालीका १३ वटै स्थानीय तहका विकास निर्माणको काम प्रभावित छन।

कैलालीका स्थानीय तहहरुमा योजना, कृषि, स्वास्थ्य, शिक्षा, महिला विकास लगायतका शाखाहरुमा कर्मचारीको अभाव छ।

विकास निर्माणका लागि आवश्यक प्राविधिक कर्मचारी समेत नहुदा स्थानीय तहका विकास योजना अलपत्र अवस्थामा छन्।

कैलालीको मोहन्याल र चुरे गाँउपालिकामा कैलालीका अन्य स्थानीय तह भन्दा कर्मचारीको अभाव बढि छ।

चुरे गाँउपालिकामा २५ कर्मचारी अनिवार्य जस्तै हुन तर १२ जना मात्र कर्मचारी छन। चुरे गाँउपालिकामा एक जना पनि ईन्जिनियर छैनन।

केही सव–ईन्जिनियरले मात्र विकास निर्माणका काम गरिरहेका छन्।

१ सय ५० बढि योजना रहेका गाँउपालिकाका एक वडामा पनि वडा सचिव पनि नभएको प्रमुख प्रशासकीय अधिकृत हेमराज जोशीले बताए ।

कैलालीको पहाडी गाउँपालिका मोहन्यालमा पनि वडा सचिवहरु छैनन्।

७ वटा वडा रहेका गाँउपालिकामा ५ वडा सचिव विहीन छन्।

मोहन्याल गाँउपालिकाको शिक्षा, महिला विकास शाखामा एक जना पनि कर्मचारी छैनन। एक जना प्राविधिक जिल्ला सम्वनय समितिबाट पठाईएको छ भने २ सव–ईन्जिनियर र एक असिस्टेन ईन्जिनियर गाँउपालिकाले करारमा नियुक्ती गरेको छ।

यता कैलारी गाँउपालिमामा भने शिक्षा शाखामा मात्र कर्मचारीको अभाव छ। कैलारी गाँउपालिकाका ७ वडामध्ये ५ वडामा सचिव नरेहेको प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द भट्टले जानकारी दिए।

टिकापुर नगरपालिकामा समेत कर्मचारीको अभाव छ।

टिकापुर नगरपालिकामा स्वीकृत दरबन्दी अनुसारका कर्मचारी छैनन्। सात शाखा र एक आन्तरिक लेखा परिक्षण गरी आठ शाखा नगरपालिकामा छन।

एक शाखाका प्रमुखले अर्काे शाखा हेर्नुपर्ने बाध्यता छ।

अधिकृत तहका कर्मचारीको अभाव रहेको छ भने प्राविधिक कर्मचारीको अभाव भएपछि नगरपालिकाले करारमा कर्मचारी भर्ना गरेको छ।

यस्तै भजनि नगरपालिका समेत कर्मचारीको अभाव छ।

प्राविधिक शाखा, शिक्षा शाखामा कर्मचारीको अभाव छ।

नयव सुव्वा ६ जनाको अति अभाव रहेको नगरपालिकाले बताएको छ।

भजनी नगरपालिकाका ४ सय बढि योजना रहेका छन ।

कर्मचारीको अभावमा योजना कार्यान्वयनमा समस्या रहेको प्रमुख प्रशासकीय अधिकृत प्रविन पौडेलले बताए ।

धनगढी उप–महानगरपालिकामा समेत कर्मचारीको पदपुर्ति भएका छैन।

उप–महानगरपालिकाको सबै जसो महाशाखा, शाखामा कर्मचारीको अभाव छ।

सहकारी, उद्योग, कृषि लगायतका शाखामा कर्मचारीको अभाव छ।

खेलकुद, सूचना शाखामा समेत कर्मचारीको अभाव छ।

मन्त्रालयलले बनाएको कर्मचारी संरचनामा स्थानीय तहमा कर्मचारी नभएका हुन।

धनगढी उप–महानगरपालिकामा ८४ जना कर्मचारीको दरवन्दी हो।

धनगढी उप–मानगरपालिकाका १९ वडामा ७४ जना कार्यलय सहयोगी सहित कर्मचारी आवश्यक रहेको धनगढी उप–महानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र सिह कार्कीले जानकारी दिए ।

स्थानीय तहमा कर्मचारीको अभावले सेवा प्रवाहमा समस्या भईरहेको छ भने विकास निर्माणका योजना सञ्चालनमा पनि समस्या भएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles