34.4 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

सीमा नाकामा चेकजाँचमा कडाइ

बैतडी, कार्तिक १२, २०७५ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले तिहारलाई लक्षित गरेर सीमा नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

नेपालीहरुको दोस्रो टुलो पर्व तिहारका बेला हुन सक्ने घटनालाई मध्यनजर राख्दै सीमा नाका लगायत जिल्लाका विभिन्न स्थानमा चेकजाँचमा कडाई गरेको हो ।

सीमानाकाबाट पटाका जस्ता प्रज्वनलशील पदार्थ भित्रिन सक्ने भन्दै प्रहरीले कडा निगरानी गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले जानकारी दिए ।

भारतबाट पटाका जस्ता प्रज्वलनशील पदार्थ ल्याउने कुरा पूर्ण रुपमा रोक लगाएकाले पटाका ल्याउने प्रयास नगर्न सबैमा आग्रह गरिएको छ ।

जिल्लाको झुलाघाट नाकामा प्रहरीले निगरानी गरिरहेको छ भने अन्य नाकाहरुमा पनि निगरानी गरिरहेका हो ।

पटाका,भुइचम्पा जस्ता प्रज्वलनशील पदार्थको प्रयोगबाट आगलागीका दुर्घटना निम्तिन सक्ने भएकाले यसको

प्रयोगमा नियन्त्रण तथा रोक लगाएको हो ।

बैतडी प्रहरीले तिहारलाई लक्षित गर्दै नेपाल भारत सीमानाकाका चेकजाँचमा कडाई गर्नुका साथै पटाका आयातमा रोक लगाएको छ ।

यसका साथै पटाका पड्काउने, पड्काउन उक्साउने, विक्री गर्ने र ओसार पसार गर्ने सबैलाई कारवाहीको दायरामा ल्याइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यस्तै तिहारको बेला जुवातास खेल्ने कार्य पनि पूर्ण रुपमा निषेध गरिएकाले त्यस्तो कार्यमा नलाग्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

कसैले जुवातास खेलेको पाइएमा कानुन अनुसार कारवाही हुने प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles