42.5 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

कञ्चनपुर : तेरो पापा मेरो घर छन् भन्दै ३ वर्षिया बालिका बलात्कृत

भीमदत्त , कार्तिक १०, २०७५।

कार्तिक ४ गतेका दिन भीमदत्त नगरपालिका वडा नम्बर १२ की ३ वर्षीया बालिका युनिसा (नाम  परिवर्तन) घर नजिकै आफ्ना सहपाटीसँग खेलिरहेकी थिईन्।

दैनिक जसो उनले खेल्ने ठाउँ त्यही हो जहाँ उनकै उमेर समूहकी भदै नाता पर्ने, अन्य दुई दाई र एकजना  छिमेकीसंग युनिसा सँगै नाच्ने खेल्ने गर्थे।

सहपाटीहरुसँग खेल्दाखेल्दै अवेर साँझ भइसकेको थियो। सधै खेल्ने युनिसाको घर नजिकैको प्राङ्गणबाट ५० मिटरको दुरीमा अर्जुनको घर छ त भदैको घर अलि टाढा २ सय ५० मिटरको दुरीमा छ। त्यो दिन, कार्तिक ४ गते खेल्दा खेल्दै साँझ परिसकेको थियो। त्यसैले पनि होला उनीहरु एकआपसमा छुटिसकेका थिए।

तर अर्जुन  र युनिसाको घर नजिकै भएकै कारण अवेर सम्म उनीहरु खेल्नमै व्यस्त थिए। अर्जुन युनिसा भन्दा उमेरले जेठो अर्थात १२ वर्षका छन्। घडिमा साँझको ७ बजीसकेको थियो।

अर्जुनले युनिसालाई तेरा पापा मेरा घर छन् भन्दै उनलाई फकाउन थालेछन्। नभन्दै एकछिनमा उनको बलात्कार भएछ। अर्जुन हतपत उठेछन् उनको शरिर रगतले लत्पतिएको थियो भने बालिका पनि रक्ताम्मे भएको परिवारले देखेछ।

युनिसाकी आमाले उनको हातमा रगत देखेपछि के भयो भनेर सोध्दा बालिकाले अर्जुनले गरेको पापको पोल खोलिदिईन्। भारतबाट केही समय पहिले मात्र नेपाल फर्किएका अर्जुन त्यहाँ आफ्नो हजुरआमासँग कोठा भाडामा लिएर बस्दै आएका छन्।

उनकी हजुरआमाको भनाई अनुसार अर्जुन नराम्रो व्यवहारका बालक भने थिएनन्। डेढ वर्षको हुदा आमाले छोडेर गएपछि हजुरआमाले नै उनको पालनपोषण गरेकी थिईन्। घटनाको रहस्य बाहिर आएपछि पीडित परिवारले प्रहरीमा खबर गरेपछि अर्जुन अहिले प्रहरी नियन्त्रणमा छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक कृष्णराज ओझाले ३ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका १२ वर्षिय बालक अर्जुनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए।

बालिकाको स्वास्थ्य परिक्षणको रिर्पोट पनि प्राप्त भइसकेको प्रहरी नायब उपरिक्षक ओझाले बताए। उता पीडित परिवारले भने अबोध बालिकालाई बलात्कार गर्नेलाई कानुन अनुसार कडा सजाय हुनुपर्ने माग गरेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles