फलाम पिट्ने लुहारका अनगिन्ती सपना

द्वारा : सुदुर न्युज
0

महेन्द्रनगर, कार्तिक १०, २०७५ ।

पुर्खौ देखि पुस्तान्तरण हुँदै आएको नकर्मी पेशा बाट आफ्नो १० जनाको परिवार लाई बजारकै परिवेश अनुसारको रहन–सहन, खान पिन र व्याक्तित्व विकासमा चिरिच्याट्ट पार्न प्रयत्नशिल व्याक्तिको नाम हो बिष्णु लुहार ।

विगत १५ बर्ष देखि महेन्द्रनगर बजार भन्दा केहि पर, शिवमन्दिर नजिक, रोड विभागको जग्गामा एउटा सानो काठको छाप्रो बनाएर व्यापारिक हिसाबले नकर्मी पेशा गरिहेका लुहार आफ्नो काम प्रति गर्भ गर्छन् ।

बच्चा देखि नै फलामको काम सिकेर हाल ५५ बर्षको उमेर सम्म पनि लोप हुँदै गइरहेको पुर्खौली पेशालाई शिरोधार्य गर्दै आएका लुहार स्थानिय सरकार तथा सरोकारवाला निकाय गुनासो गर्नुहुन्छ ।

“हाम्रो नगरपालिका तथा सरोकारवाला निकायहरुले हामीलाई र हाम्रो पेशालाई समेत हेप्दै, र चप्दै गएका छन् ।

मलाई सबैले देख्नु भएको छ, यतिका बर्ष सबैको आँखा अगाडि नै बसेर निरन्तर काम गर्दै आएको छु ।

आज सम्म कसैको एक नजर सम्म पनि लागेका छैनन् ।

नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले विभिन्न सिपमुलक, क्षमता अभिवृद्धि तथा आधुनिकरणका कार्यक्रमहरु ल्याउनु हुन्छ भन्ने सुनेको छु, कतिपयहरुले कागजी रुपमा मात्रै व्यवसाय आधुनिकिकरण गरेर पैशा खाएका छन्” लुहारले थपे“यदि कुनै सरोकारवाला पक्षले ध्यान दिए मैले पनि २०० जना जति लाई नकर्मी पेसा सम्बन्धि तालिम सिकाउने इच्छा छ ।”

महेन्द्रनगर बजार मात्रै होइन छिमेकी देश भारतको नजिकका सहर बनबासा तथा पिलभित बाट समेत कृषिका लागि प्रयोग हुने फलामे साधनहरु बनाउनका लागि मान्छेहरु लुहारको छाप्रोमा पुग्ने गर्छन् ।

बिगत १५ बर्ष देखिनै आफुले शिवमन्दिर नजिक छाप्रो बनाएर फलाम पिट्ने काम गरिरहेको र आज सम्म काममा कुनै किसिमको पनि नकारात्मक प्रभाव नपरेकोले गर्दा आउने ग्राहाक विश्वास गरेर आउने गरेको र खुशी भएर दुईचार पैसा ज्याला भन्दा बढि नै दिएर जाने गरेको लुहारले बताए ।

बिष्णु लुहारको आखाँमा आफ्नो पेसा प्रतिको इमान्दारिता र कतव्र्य स्पस्ट देखिन्छ ।

उनि बिहानै ७ बजे आफ्नो निरन्तरको काममा निस्कन्छन् । दिन भरी काम गर्छन ।

कहिले कमाई राम्रै हुन्छ, दिनको ८ सय देखि हजार सम्म । कहिले अलिक कमनै हुन्छ । लुहार दिनभर काममा एकलै खटिएका हुन्छन् ।

एक, दुई उपकरण गर्दै मान्छेहरुको लगभग घुइचो नै हुन्छ । मेनपावरको अभावमा आफुले कम काम गर्न सकिरहेको लुहार बताउछन् ।

बिहान ७ बजे घरबाट कामका लागि हिडेरका उनि बेलुका पनि काम बाट ७ बजे नै घर फर्कन्छन् ।

दुई छोरा बुहारीका नाति नातिना सहित १० जनाको परिवारको घर खर्च र नाति नातिनाहरुको स्कुल खर्च समेत फलाम पिटेरै पुर्ति गर्छन लुहार ।

उनका छोराहरुले आफ्नो पेसा अंगाल्न नचाहेकोले कृषी पेसा अंगालेका छन् ।

तर आफुले नकर्मी पेसामा पनि ओरिजनल नकर्मी पेसा गरिरहेकोले सबैले रुचाएको र आफ्नो मन पनि खुशीनै रहेको बिष्णु लुहार बताउछन् ।

छोराहरुले भन्दा आफुले नै बढि कमाउने गरेको र नाति नातिनालाई समेतमा आफ्नै कमाइले बोर्डिङ्ग स्कुलमा राख्न सकेकोमा लुहार आफुलाई भाग्यमानि ठान्नु हुन्छ, र भोलीका दिनमा आफ्ना सन्ततीले राम्रो पढेर डक्टर, इन्जिनियर बन्न सकुन् ठान्नुहुन्छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy