33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

डोटीका किसान किबी खेतीतर्फ आकर्षित

डोटी ,कार्तिक १०, २०७५ ।

छोटो समयमा पर्याप्त आम्दानी गर्न सकिने भएपछि डोटीका किसान सामुहिक रुपमा किबी खेतीतर्फ आकर्षित हुन थालेका छन्।

डोटीको जोरायल गाउँपालिका क्षेत्रका किसानहरु किबी खेती तर्फ आकर्षित भएका हुन्।

महँगो मूल्यमा किबी बिक्री हुने भएकाले जिल्लाको जोरायल गाउँपालिका गडसेराका किसानहरु तराईमा बसाईसरेपछि बाँजो बनेको जग्गाको सदुपयोग गर्दै किबी खेतीमा लागिरहेका हुन्।

बजारमा प्रतिकिलो १ हजार रुपैयाँसम्म पर्ने र एक पटक लगाएपछि ७० देखि ८० वर्षसम्म फल दिने भएकाले यसलाई कृषकहरूले आम्दानीको मुख्य श्रोत बनाउने पनि तयारी गरेका छन्।

अति स्वादिलो हुने भएकाले सुपरमार्केटदेखि तारे होटलसम्म यसलाई बिक्री गर्न सकिने हुँदा गड्सेरामा किबी खेती सुरु गरेको किसान लिलाधर विष्टले बताए।

चार बर्ष अगाडी झण्डै एक सय बोट किबी लगाएर सुरुवात गरिएकोमा किबीले २ बर्ष अगाडीदेखि नै फल दिन सुरु गरिसकेको छ। तर अहिले सम्म व्यवसायिता भने दिन सकिएको छैन्।

चार बर्ष अगाडी किबी खेती सुरु गरेका किसानहरुको समुहले अव २, ३ सय रोपनीमा किबी खेती विस्तारको तयारी गरिरहेको छ।

गड्सेरामा किबी फलेपछि अन्य किसानहरु पनि व्यवसायिक किबी खेती गर्न आकर्षित भएका छन्।

पुख्र्यौली घर गडसेरा भई हाल कैलाली बसोबास गर्दै आएका २५ जना मिलेर झण्डै ३ सय रोपनी जग्गामा किबी खेती गर्ने तयारीमा जुटेका छन्।

उनीहरु कैलालीमा बसाईसरेपनि बाजो रहेको नम्वरी जग्गामा किबी खेतीको तयारी सुरु गरेका हुन्। किबी खेतीको तयारीमा सक्रिय नवराज भट्टले २० २५ जना मिलेर किबी खेती तयारी भईरहेको बताए।

गड्सेरा र वरपरका क्षेत्रमा सुरुसुरुमा किबी खेती गर्दा गाउँकाले मात्र होइन, धेरै कृषि सम्न्धीका जानकारले पनि किवी खेतीको सम्भाव्यताको विषयमा प्रश्न खडा गरेका थिए।

माटो परिक्षणमा गड्सेरा क्षेत्र किबीका लागि उपयुक्त ठहर भएको थियो। त्यसपछि गाउँलेहरुले पनि किवी खेतीमा चाँसो देखाउदै आएका छन्।

किबीको फल र बिरुवा दुवैबाट फाइदा लिन सकिन्छ। फलबाहेक किबीको जाम, जुस, जेली, वाइन र कस्मेटिक सामग्री बनाउन सकिन्छ। एउटै रुखमा ५० देखि ७० किलोसम्म फल लाग्छ।

त्यसैले स्थानीय सरकारले पनि किबी खेतीमा किसानहरुलाई प्रोत्साहन गरिरहेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिए।

समुद्री सतहबाट ८ सयदेखि २ हजार मिटर उचाइको पहाडी क्षेत्रमा किबी खेती गर्न सकिन्छ।

निर्यातयोग्य किबी उत्पादनका लागि एक हजारदेखि दुई हजार मिटर उचाइको जमिन उपयुक्त हन्छ।

रोपेको एक वर्षपछि फल्न शुरु गर्ने किबीले ६० वर्षसम्म निरन्तर फल दिइरहन्छ। एक रोपनी जमिनमा ५० बोट रोप्न सकिन्छ भने एक बोटमा एक सय किलो सम्म फल्छ।

प्रतिरोपनी वार्षिक सरदर १ लाख आय दिन सक्ने र किबीसँगै बेसार, अदुवा, लगायतको मिश्रित खेती गर्न सकिने भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख यज्ञराज जोशीले बताए।

किबी खेतीको सम्भावाना उच्च रहेपनि खेतीको प्रवद्र्धनमा भने सरकारी स्तरबाट खासै ध्यान जान नसकेको समेत किसानहरूको गुनासो छ। किबी खेती सम्बन्धी प्राविधिक ज्ञान नहुँदा किसानहरू अन्यौलमै छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles