23 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

दशैँ सकिएसंगै डोटीका गाउँ सुनसान हुँदै

डोटी , कार्तिक ८, २०७५ ।

दशैँ सकिएसंगै डोटीका गाउँघरतिरको चहलपहल घट्दै गएको छ । दशैका लागि यहाँका गाउघरमा गएका स्थानियहरु आफनो काम र रोजगारीको लागि शहर तिर फर्किन थालेपछि गाउघरमा चहल पहल घट्दै जानथालेको हो ।

दशैँको समयमा यहाँका शहर बजार भन्दा पनि गाउघरमा निकै चहल पहल बढेको भएपनि अहिले यहाँका गाउघरमा चहल पहल घट्दै जानथालेको स्थानियबासीहरु बताउछन् ।

डोटी जिल्ला सदमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल,राजपुर तथा पिपल्ला लगायतका बजारमा हिजो आज एका एक मानिसको चहल पहल बढ्न थालेको छ ।

दशैँका लागि आ-अफनो गाउमा गएका यहाँका बजारमा बस्दै आएका कर्मचारी, व्यापारी, मजदुर लगायतका अन्य मानिसहरु कर्मथलोतिर फर्कीन थालेपछि बजारमा एकाएक चहल पहल बढेको उद्योग बाणिज्य संघ डोटीका महासचिब दीपक खड्काले बताउनु भयो ।

‘दशै मनाउन घरगएकाहरु फर्किन थालेपछि बजारको रौनक बढेको छ, उहाँले भन्नु भयो ‘गाउ गएकाहरु फर्किन थालेपछि बजारमा आर्थिक कारोवार पनि बढ्न थालेको छ ।’

विजया दशमीको टीका जमरा थापेर कर्मचारी र बिभिन्न क्षेत्रमा आबद्ध मानिसहरु कर्मथलो फर्कीएका हुन् ।

गाउँबाट कर्मक्षेत्र फर्कीनेहरुको संख्यामा बृद्धि भएसंगै दार्चुलाका विभिन्न सडकमा चल्ने जिप तथा गाडीहरुमा यात्रुको भिड लाग्ने गरेको छ ।

डोटी बाट बाहिरी जिल्ला जाने र गाउँबाट जिल्ला सदरमुकाम आउने यात्रुहरुको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘शदैको समयमा ममानिसको चाप निकै कमि थियो,अहिले सबै गाउ बाट शहर फर्किन थालेका छन्,यात्रुको चाप पनि बढेको छ ।’

त्यसै गरी दशै मनाउन र खेतीपाती भित्र्याउन भारतका बिभिन्न ठाउबाट यहाँका गाउँ घरमा फर्कीएका युवाहरु समेत काममा फर्कीन थालेका छन् ।

जिल्लाबाट कामको सिलसिलामा बिदेशीएका हजारौ युवाहरु दशै मनाउन र काममा घर परिवारलाइ सघाउन असोज महिनामा घर आएर कार्तीक महिनामा फर्कीने गरेका छन् ।

यहाँका ग्रामिण क्षेत्रका अधिकासं युवाहरु गहु छर्ने काम सम्पन्न गर्नुकासाथै बिभिन्न सक्तिपिठहरुमा लाग्ने जात्रा सम्पन्न भएपछि काममा फर्कीने गरेका छन् ।

यसपालीको दशैमा डोटीमा उच्च सुरक्षा सतर्कताका कारण अपराधिक गतिविधि न्युन भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख बिद्यानन्द माझीले बताउनु भयो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles