31.6 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

फाल्गुन देखी स्वास्थ्य बीमा कार्यक्रम लागु हुने

दार्चुला , आश्विन २१, २०७५ ।

दार्चुलामा पहिलो पटक अगामी फाल्गुन महिना देखी स्वास्थ्य विमा कार्यक्रम लागु हुने भएको छ ।

स्वास्थ्य विमा कार्यक्रम सञ्चालनका लागि अहिले जिल्लाका सबै स्थानिय तहमा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गराइरहेको स्वास्थ्य विमा वोर्डका तालिमका संयोजक राम श्रेष्ठले जानकारी दिए ।

आइतबार जिल्ला सदरमुकाम खलंगामा रहेको महाकाली नगरपालिकामा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको उनले जानकारी दिए ।

गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपयोगमा अभिवृद्धि गर्न, पैसाकै अभावमा स्वास्थ्य उपचार नपाउने विद्यमान अवस्थालाई अन्त्य गर्न, स्वास्थ्य सेवा उपयोगका क्रममा भइरहेको व्यक्तिगत खर्चलाई कम गर्न, र स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहमा सुदृढिकरण गर्ने उद्देश्यका साथ स्वास्थ्य विमा कार्यक्रम लागु हुने तालिम संयोजक श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य विमा लागु भए पछि गरिवीको रेखामुनि रहेका जनसंख्यालाई स्वास्थ्य सेवा सुविधा सुनिश्चित गर्न सकिने उनले बताए ।

सुदूरपश्चिम प्रदेशका कैलाली, बैतडी, अछाम, बाजुरा र बझाङ्ग जिल्लामा स्वास्थ्य विमा कार्यक्रम यस अघि नै लागु भएको भए पनि दार्चुलामा भने पहिलो पटक अगामी फाल्गुन महिना देखी स्वास्थ्य विमा कार्यक्रम लागु हुने उनले बताए । आर्थिक वर्ष २०७१÷०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य विमा कार्यक्रम दार्चुलामा पहिलो पटक लागु हुने जनाइएको छ ।

स्वास्थ्य विमा कार्यक्रम लागु गर्न दार्चुला जिल्लाका महाकाली नगरपालिका, लेकम, मालिकार्जुन, मार्मा, नौगाड, अपिहिमाल गाउँपालिका र शैल्यशिखर नगरपालिकामा स्वास्थ्य सुरक्षा संयोजन समिति गठन तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गराइ सकेको उनले जानकारी दिए ।

जिल्लाका ब्याँस र दुहुँ गाउँपालिकामा समेत लगत्तै स्वास्थ्य सुरक्षा संयोजन समिति गठन तथा जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles