27.4 C
Mahendranagar
Tuesday, March 19, 2024
spot_img

उपचार गर्न बिरामी ढुक्छन् डोटीका स्वास्थ्यकर्मी

डोटी , आश्विन २०, २०७५  ।

डोटीमा उपचारका लागि स्वाथ्यकर्मीहरु बिरामीको बाटो कुर्छन् भन्दा अचम्म लाग्न सक्छ तर डोटीको दिपायल स्थित जिल्ला आयूर्बेद औषधालयमा उपचारका लागि स्वास्थ्यकर्मिहरु बिरामीको बाटो सधै कुरीरहेका हुन्छन् । उक्त औषधालयमा कहिलेकाही मात्रै एक दुई जनामात्रै बिरामी उपचारका लागि आउने गर्छन् ।

बिरामी नआएपछि आयुर्वेर्दिक स्वास्थ्यकर्मीहरुले औषधालय रुंगेर मात्र बसीरहन्छन् । दिनहु“ उहाँहरु बिरामी आउलान् र उपचार गरौंला भनेर कार्यालयमा ढुकेर बस्न बाध्य हुने गरेका छन्् । औषतमा फाट्टफुट्ट दैनिक १०÷१२ जना बिरामी मुस्किलले उपचारका लागि आउने गरेको स्वास्थ्यकर्मिहरु बताउछन् । यतिमात्र नभई पछिल्लो समय औषधालय पनि सुनसान बन्दै गएको छ । स्वास्थ्यकर्मीहरु सेवा दिन तयारी अवस्थामा भएपनि बिरामी आउन छाडेका कारण औषधालय सुनसान बन्दै गएको हो ।

करिब एक डेढ बर्षदेखि औषधालय डाक्टर बिहीन भएपछि सुनसान बन्न पुगेको औषधालयमा कार्यरत कर्मचारीहरु बताउछन् । २०७४ जेठमा उक्त औषधालयमा कार्यरत डाक्टर चेतराज ओझाको अन्यत्र जिल्लामा सरुवा भएपछि सरकारले डाक्टर खटाएको छैन । ‘डाक्टर भएपछि खै किन हो बिरामीहरु हुरुरु आउछन्’, औषधालयकी कबिराज निरिक्षक एवम् औषधालय प्रमुखको जिम्मेवारी पाएकी बिद्या घिमिरेले भन्नु भयो, ‘डाक्टरले दिने सेवा हामीले पनि दिने गरेका छौं तर पनि खै बिरामीहरु घटेका छन् ।’

उहाँले आएका बिरामीहरुको उपचारमा भने कमी नभएको दाबी गर्नु भयो । तर स्थानियबासी मोहन पनेरुले औषधालय एकान्त स्थानमा हुनु र त्यहा“का सेवा सुबिधाबारे सर्वसाधरणलाई जानकारी नह“दा बिरामीहरु घटेको बताउनु हुन्छ । ‘औषधालय त बिरामीहरुको सहज आवतजावत हुने ठाउमा पो हुनु पर्ने हो नि ?’, स्थानियबासी पनेरुले भन्नु भयो, ‘डाक्टर साब आफै भयो भने सर्वसाधरण र सरोकारवाला संग सम्बन्ध बनाउने, उपचारका लागि प्रेरित गर्ने भएकाले पनि बिरामीहरु बढेका हुन् ।’

उहाँले डाक्टर औषधालयमा आउदा रौनक नै फेरिने दाबी गर्नु भयो । त्यस्तै दिपायलका अर्का स्थानिय सन्तोष नेपालीले स्वास्थ्यकर्मीहरु बिरामी आएपनि ठीक छ नआए पनि ठीक छ भन्ने मानसिकतामा रहेकाले पनि बिरामीहरु नआउने गरेको आरोप लगाउनु“ हुन्छ । उहाँले बिरामीहरुलाई बिश्वास जित्न सक्ने बाताबरण औषधालयले गर्न नसकेको दाबी समेत गर्नु भयो । मानिसहरुको न्युन चलहपहल हुने दिपायलको पुरानो बजार (बस्तीबिहीन सेती नदिको किनार) मा २०५८ सालमा आयुर्वेदिक औषधालय स्थापना गरिएको थियो । औषधालयमा जान बाटो समेत छैन ।

आर्थिक बर्ष ०७३÷०७४ मा दुई हजार ७३ र ०७४÷०७५ मा एक हजार पा“च सय ४० जना बिरामी ओपीडीमा उपचार गर्नका लागि आएको कार्यालयको तत्थ्यांकमा उल्लेख गरिएको छ । एक बर्षको अवधीमा बिरामीहरुको संख्या बढ्नु पर्नेमा उल्टै घटेर ५ सय ३३ जना मात्रै पुगेका छन् । त्यस्तै औषधालयबाट उपलब्ध गराउने बिशेष सेवाहरुमा पनि बिरामीहरुको संख्या न्युन हु“दै गएका छन् । औषधालयले उपलब्ध गराएको तथ्यांक अनुसार ०७३÷०७४ मा चार हजार एक सय ९ र ०७४÷०७५ मा बिरामीहरु दुई हजार ७३ जना उपचारका लागि आएका छन् ।

औषधालयले तीन बर्ष यताबाट बाथ रोगीहरुका लागि पंञ्चकर्म बिधी सुरु गरेको छ । पञ्चकर्म बिधीमा पानीको वाफका माध्यमबाट बाथका रोगीहरुको उपचार गरिन्छ । यो सेवा सुरु गरेपछि बिरामीहरु बिगतभन्दा बढी आउने गरेका छन् । चिसो समयमा बाथरोगका बिरामीहरु बिभिन्न समस्या लिएर आउन थालेपनि औषधालयबाट पञ्चकर्म बिधी सुरु गरिएको हो । यो बिधी मंसिरबाट सुरु हुने गर्छ ।

डाक्टर नहुदा पञ्चकर्म बिधीबाट उपचार गर्न आउने बिरामीको संख्या पनि घट्न थालेका छन् । अघिल्लो आवमा दुई हजार ६ सय २० बिरामीहरु उपचारका लागि आएकोमा गत आवमा दुई हजार ३ सय मात्र आएका छन् । ‘दैनिक डेढ सय सम्म बिरामीहरु एकदिन पञ्चकर्म बिधीबाट उपचारका लागि आउछन्’, औषधालय प्रमुख घिमिरेले भन्नु भयो, ‘त्यही सुरु गरेपछि धेरै बिरामीहरुले राहत पाउदा बिश्वास गर्नेको पनि ओइरो छ ।’ तर उनले डाक्टर नहु“दा औषधालय संचालनमा कठिनाई आउदा बिरामीहरुको बिश्वास घट्ने गरेको बताउनु भयो ।

औषधालयमा जाने बाटो नहु“दा पनि उपचारमा समस्या भएको स्वास्थ्यकर्मीहरुको दाबी छ । औषधालयमा ६५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पोषिलो र शक्ति प्रदान गर्ने औषधी बितरणको कार्यक्रम पनि छ । तर औषधालय आउने बाटो नहुदा सन्धीवाथका बिरामीहरु हिड्न नसकेर उपचारका लागि आउन मान्दैनन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles