41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

यात्रु सहायता कक्ष स्थापना

दार्चुला , आश्विन २०, २०७५ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले महाकाली नगरपालिका वडा नम्बर ४ को बसपार्क क्षेत्रमा यात्रु सहायता कक्षा स्थापना गरेको छ । चाडपर्वको समयमा यात्रुको चाप बाक्लो हुने र सो समयमा यात्रुले विभिन्न समस्या भोग्नुपर्ने भएकाले ती समस्या समाधानका लागि नागरिक सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए ।

स्थापना गरिएको सहायता कक्षबाट यात्रुलाई ठगिनबाट जोगाउने र सुरक्षा प्रदान गरिने उनले बताए । जिल्लाबाट लामो तथा छोटो दुरीमा यात्रा गर्दा विभिन्न असुविधा हुने, लुटपाट, दोहोरो टिकट, सामान हराउने, अभद्र व्यवहार हुन सक्ने घट्नालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको उनले बताए । यात्रु सहायता कक्षमा दैनिक रुपमा दुई जना प्रहरीले सेवा दिने जनाइएको छ ।

टोल टोलमा प्रहरी अभियान अन्तर्गत ¥याली निकालीने
टोल टोलमा प्रहरी अभियान अन्तर्गत दार्चुला प्रहरीले असोज २१ गते आइतबार विहान महिला हिंसा न्युनिकरणका लागी जनचेतना फैलाउन जिल्ला सदरमुकाम खलंगा लगायत जिल्ला भरी जनचेतना मुलक ¥याली निकाल्ने तयारी गरेको छ । देशमा संधै जसो घटिरहेका महिला हिंसाका घट्नालाई न्युनिकरण गर्ने उद्देश्यले जनचेतना मुलक ¥याली, कार्यक्रमको आयोजना गरिने जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरिक्षक बोहराले जानकारी दिए ।

टोल टोलमा प्रहरी अभियान अन्तर्गत २१ गते नै कक्षा ९ देखी कक्षा १२ मा अध्ययन गर्ने छात्राहरु विच अन्तर विद्यालय “महिला हिंसा नियन्त्रणमा मेरो भुमिका” विषयक निबन्ध प्रतियोगिता गरिने उनले बताए । यस्तै सोही दिन २५ गते परेको प्रहरी दिवसको अवसरमा अन्तर विद्यालयबाट छनौटमा परेका छात्राहरुलाई महेन्द्र मावि खलंगामा आयोजना गरिने निबन्ध प्रतियोगितामा समावेश गरिने जनाइएको छ । असोज २२ सोमबार क्याम्पस स्तरमा महिला हिंसामा समाजको भुमिका विषयक निबन्ध प्रतियोगिता गरिने प्रहरीले जनाएको छ ।

दुई सय चालिस सवारी कारवाहीमा 
चालु आर्थिक वर्षको ३ महिनामा दार्चुला जिल्लामा साना तथा ठूला सवारी साधन कार्वाहीबाट १ लाख ६२ हजार ५ सय राजस्व संकलन भएको छ । चालु आर्थिक वर्षको साँउन देखि हाल सम्मको ३ महिनाको अवधिमा २ सय ४० सवारी साधान कार्वाहीबाट १ लाख ६२ हजार ५ सय राजस्व संकलन भएको अस्थायी ट्राफिक पोष्ट दार्चुलाले जनाएको छ ।
जिल्लामा साँउन महिनामा १ सय ८ सवारी साधन कार्वाहीबाट ८३ हजार ५ सय, भदौमा ८४ सवारी साधनबाट ५१ हजार ५ सय असोजमा ४८ सवारी साधन कार्वाहीबाट २७ हजार, ५ सय रुपैया राजश्व संकलन भएको छ । ट्राफिक प्रहरीको आफ्नै सवारी साधन नहुँदा लामो रुटमा चेकिङ गर्न समस्या भएको बताइएको छ । सवारी साधन र जनशक्ति अभाव ट्राफिक प्रहरीको लागि समस्या बन्दै गएको ट्राफिक प्रहरीले बताएका छन् ।

जिल्लाको दोस्रो ठुलो बजार रहेको गोकुलेश्वरमा ३ जना र खलंगामा ३ जना ट्राफिक प्रहरीले यातायातका साधनको चेकजाँच गर्न समस्या भएको छ उनिहरुको भनाई छ । जिल्लाका लागि ट्राफिक प्रहरीको दरबन्दी नै नहँदा पनि सबै क्षेत्रमा प्रभावकारी रुपमा चेकजाँचको व्यवस्था गर्न नसकिएको आम बुझाई छ ।

सवारी चेकजाचमा कडाई 
हिन्दुहरुको महान चाड दशै नजिकीदै जादा प्रहरीले राजमार्ग क्षेत्रमा सवारी चेकजाचमा कडाई गरेको जनाएको छ । चाडपर्वको बेला मानिसहरुको भिडभाड हुने तथा सवारी साधनहरुमा समेत यात्रुको चापहुने भएकाले सवारी दुर्घटना न्युनीकरणका लागी सवारी चेकजाचमा कडाई गरीएको दार्चुलाका प्रहरी प्रमुख डिएसपी नवराज अधिकारीले जानकारी दिए ।

‘चाड पर्वको बेला जिल्ला बाहिर विभिन्न पेशा व्यवसाय तथा अध्ययन गरीरहेको मानिसहरु समेत घर आउने भएकाले सवारी साधनहरुमा समेत चाप हुन्छ, सानो असावधानीले ठुलो दुर्घटना निम्त्याउन सक्छ उनले भने’ । सवारी धनी तथा चालकहरुले प्रहरीको आखा छली ओभर लोड बोक्ने तथा क्षमता भन्दा बढी सवारी ओसार्ने गरेकोले राजमार्ग क्षेत्रमा छडके सावरी चेकजाँच बढाएको उनको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles