36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

बजारमा छ्याछ्याप्ती अखाद्य वस्तु

धनगढी , आश्विन १९, २०७५ ।

चाडपर्व नजिकिएसँगै वजारमा छ्पछ्याप्ती अखाद्य वस्तुको विक्री वितरण वढेको छ। अनुगमनको अभाव र वढी कारोवार हुने भएका कारण व्यापारीहरुले अखाद्य वस्तुको कारोवार वढाएका हुन्।

प्रमुख चाड दसैं –तिहार नजिकिएसँगै सुदूरपश्चिमका स्थानीय बजारमा मिसावटयुक्त र म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री बढेको हो।

सरोकारवाला निकायले बजार अनुगमन र नियन्त्रणमा ध्यान नदिँदा यस्ता सामानको बिक्री बढेको हो।

खाद्यान्नमा मिसावट, नापतौलमा बदमासी र म्याद गुज्रेका वस्तुको बिक्री बढेको छ। जिल्ला प्रशासनको नेतृत्वमा सरोकारवाला सबैको संयुक्त बजार अनुगमन समिति भए पनि नियन्त्रणको प्रयास नगरेको देखिएको छ।

खाद्यवस्तु नियमनकारी निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण, वाणिज्य र नापतौल कार्यालयको प्रभावकारिता नै नदेखिएको उपभोक्ताको आरोप स्थानीय दीपक रानाले लगाए।

खाद्यले एक्लै अनुगमन गरेपनि अन्य निकाय भने कानमा तेल हालेर वसेका छन्।

विषयगत कार्यालयका वार्षिक क्यालेन्डर अनुसार हुने अनुगमनले उल्टै ब्यापारीलाई तर्साउने, कारबाहीको डन्डा देखाएर पैसा उठाउनेमा सीमित भएको उपभोक्ताकर्मीहरुको आरोप छ।

सहर बजारका सचेत उपभोक्ताहरूले अखाद्यवस्तु खाइरहेको अवस्थामा यहाँबाट आपूर्ति हुने पहाडी जिल्लामा त गुणस्तरहीन र मिसावटयुक्त वस्तु छ्यापछ्याप्ती रहेको उपभोक्ता विपिन सिंहको भनाई छ।

क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले भने अनुगमन गरिरहेको दावी गरेको छ।

आफुहरुले दैनिक जसो अनुगमन गरिरहेको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका प्रमुख सुमन धितालको दावी छ।

खाद्यले एक्लै अनुगमन गरेपनि नापतौल कार्यालय र वाणिज्य कार्यालयले अनुगमन गरेका छैनन्।

त्यसमा अझ जिल्लामा जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा रहेको वजार अनुगमन समितीले चाडपर्वका वेला अनुगमनमा गएको पनि छैन।

सहायक प्रमुख जिल्ला अधिकारी समितीको संयोजक रहने प्रावधान रहेको छ। तर कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी तालिमका लागि जिल्ला वाहिर रहँदा प्रशासकीय अधिकृतको पनि अभाव रहेकोले अनुगमनमा खटाउन नसकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी वावुराम श्रेष्ठ वताउछन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles