अत्तरियामा पत्रिका जलाएको आरोपमा ४ जना पक्राउ

द्वारा : सुदुर न्युज
0

धनगढी , आश्विन १९, २०७५ ।

सुदूरपश्चिम प्रदेशको संसदले बहुमतबाट पारित गरेको स्थायी राजधानीका बारेमा गलत समाचार प्रकाशन गरेको भन्दै कैलालीको अत्तरियामा राष्ट्रिय पत्रिकाहरु जलाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ।

कान्तिपुर, नागरिक, अन्नपूर्ण, काठमाडौं पोष्ट लगायतका दैनिक पत्रिका जलाएको आरोपमा प्रहरीले अत्तरियाबाट ४ जनालाई पक्राउ गरेको हो।

अत्तरियाका स्थानीय दुर्गा अधिकारी, धर्म कुँवर, महाविर विक र धर्मानन्द नाथलाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy