38.6 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

विमानस्थल बन्द हुँदा पर्यटकीय स्थल ओझेलमा

दार्चुला , आश्विन १९, २०७५ ।

सरकारले नयाँ नयाँ विमानस्थल बनाउने योजना बनायरहेको छ ।

भएको विमानस्थल सञ्चालनमा भने ध्यान दिएको पाइदैन । त्रिदेशीय सीमानामा रहेको दार्चुलाको एक मात्र विमानस्थल गोकुलेश्वर विमानस्थल लामो समयदेखि बन्द हुँदा जिल्लामा रहेका पर्यटकीय स्थलहरु दिन प्रतिदिन ओझेलमा पर्दै गएका छन् ।

गोकुलेश्वर विमानस्थल सञ्चालन नहुँदा याहाको पर्यटकीय विकास हुन नसकेको तथा सर्वसाधारणहरुले समेत सास्ती खेप्नुपरेको छ ।

गोकुलेश्वर विमानस्थलमा नेपाल वायु सेवा निगमले सेवा बन्द गरेको लामो समय वितिसक्दा समेत पुनः सेवा संचालन गर्ने तर्फ राज्यको ध्यान जान सकेको छैन् ।

सरकारले आर्थिक वर्ष २०७३÷०७४ मा सुदुर पश्चिमका बन्द भएका सबै विमानस्थलहरु सुचारु गर्ने बजेट भाषण मार्फत घोषणा गरेको भए पनि कागजमै सिमित भएको छ ।

छिमेकी जिल्ला बैतडीको पाटन विमानस्थल पुनः सुचारु गर्नका लागी धमाधम निर्माण कार्य भैइरहेको भए पनि गोकुलेश्वर विमान स्थल सुचारुका लागी भने कुनै पहल हुन सकेको छैन् ।

सुदूरपश्चिमबाट केन्द्रमा पुगेका नेताहरुले पनि गोकुलेश्वर विमानस्थल सञ्चालनमा ल्याउन पहल नगरेको र सरकारले पनि राजधानीलाई मात्र नेपाल ठान्ने शासकहरुको संकीर्ण सोचका कारण सुदूरपश्चिमले अझै पनि राज्यबाट पाइने सेवा सुविधाबाट बञ्चित हुनु परेको आम नागरिकको बुझाई छ ।

अपिहिमालको काखमा अवस्थित पवित्र भुमि दार्चुलामा रहेका धार्मीक पर्यटकीय स्थलहरु मध्ये जिल्लाकै प्रमुख धार्मीक पर्यटकीय स्थल तथा राष्ट्रकै सातौ धाम लेकम क्षेत्रको मालिकार्जुन शैल्यशिखर धाम, अपीनाम्पा संरक्षण क्षेत्र, कैलाश मानसरोवर पदमार्ग, अपीहिमाल, ब्यासँ गुफा, सिद्धटोपी, ब्रह्मदह, लगायतका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन ।

जिल्लामा थुप्रै पर्यटकीय सम्भावना बोकेका ठाउँहरु भए पनि ति ठाउँहरुको उचित प्रचारप्रसार हुन नसक्नु र विदेशी पर्यटकका लागि सहज तरिकाले दार्चुला गतव्य बनाउन विमानस्थल सुचारु नहुनु बिडम्बना बनेको छ ।

लामो समयदेखि विमानस्थल बन्द हुँदा आपतकालीन अवस्थाका बिरामीलाई जिल्ला बाहिर लैजान नसकिदाँ अहिले सम्म कैयौले अकालमै ज्यान गुमाउनु परेको छ ।

राजधानी देखी निकै टाढा रहेको दार्चुला जिल्लामा भएको विमानस्थल लामो समय देखी बन्द हुनुले पर्यटकहरुको गन्तव्य बन्न सकेको छैन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles