29.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

दृष्टि फाउण्डेसनमा अक्षयकोष स्थापना

धनगढी , आश्विन १९, २०७५ ।

धनगढीमा जारी महिला जेसीज सप्ताह अन्तरगत दृष्टि फाउण्डेसनमा अक्षयकोष स्थापना गरिएको छ।

धनगढी लेडी जेसीजको आयोजनामा भईरहेको जेसीज सप्ताह अन्तर्गत दृष्टि फाउण्डेसनमा एक लाखको अक्षयकोष स्थापना गरिएको हो।

मानसिक सन्तुलत ठिक नभएका महिलाहरुलाई आश्रय दिदै आएको फाण्डेसनमा उनीहरुकै सहयोगका लागि अक्षयकोष स्थापना गरिएको आयोजक धनगढी लेडी जेसीजकी अध्यक्ष दिप्ती शाहीले बताईन्।

अधिवक्ता तथा महिला अधिकारकर्मी डाक्टर जानकी तुलाधरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष पदमविक्रम सिंह विशिष्ठ अतिथी रहेका थिए।

अक्षयकोष स्थापनापछि फाण्डेसनका अध्यक्ष कल्पना भट्टले खुसी व्यक्त गरिन्। सप्ताह अन्तरगत शिक्षक सम्मान, निशुल्क स्वास्थ्य शिविर, लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम, महिला हिंसा सम्वन्धी अन्तरक्रिया कार्यक्रम, प्रकरण गोष्ठी र सम्मान कार्यक्रमको पनि आयोजना गरिने अध्यक्ष शाहीले बताईन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles