39 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

डोटीका अबरुद्ध सडक धमाधम खोलिदैं

डोटी , आश्विन १७, २०७५  ।

लगातारको बर्षादका कारण पहिरो आउदा अबरुद्ध भएका डोटीका दजर्नौ ग्रमिण सडकहरु धमाधम खुलाउन थालिएको छ ।

जिल्लाका बुडर जोरायल,राजपुर बोगटान,शहजपुर बोगटान लगायतका दजर्नौ सडकमहरुमा पहिरो आउदा गएको एक महिना देखीबन्द भएका थिए ।

बन्द भएका सडकहरु खुलाउन डोजरको प्रयोग गरिएको केआईसिंह गाउपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘बर्षादले गाउका सडक अबरुद्ध भएका थिए,अहिले बर्षाद रोकिएको छ हामी सडक खोल्न लागि परेका छौ ।’

पहिरोका कारण ग्रमिण सडक बन्द भएपछि यहाँका स्थानियबासीलाई निकै समस्या भएको जोरायल गाउपालिकाका स्थानिय महेन्द्र थापाले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘पहिरोले गाउका सडक बन्दभएको महिनौ बिति सक्यो स्थानिय किसानले फलाएका साग तरकारी लगायत अन्य फलफुलहरु बारीमै कुहिन थालेका छन् ।’

बन्द भएका यहाँका ग्रमिण सडक खुलाउन स्थानियबासीहरुले प्रयास गरेपनि सडकमा ठुल्ठुला ढुंगा आएका कारण सडक खुलाउन नसक्दा गाउपालीकाहरुले डोजर प्रयोग गरी सडक खुलाउन थालेका छन् ।

गाउपालिकाहरुले अबरुद्ध सडक खुलाउने प्रयास गरेपछि यहाँका स्थानियबासीहरु खुसि भएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles