29.4 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

निर्मला पन्त हत्या प्रकरण: लम्कीमा बालिका सडकमा

लम्की, आश्विन १७, २०७५ ।

बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७० दिन हुदा समेत हत्यारालाई सरकारले सार्बजनिक नगरेको भन्दै कैलालीको लम्कीमा बालिकाले सडक जाम गरेका छन।

बालिका हत्याको बिरोधमा देशव्यापी आन्दोलन र प्रदर्शन भईरहदा कैलालीका बालिका समेत आन्दोलित भएका हुन।

निर्मलाको हत्या भएको ७० दिन हुदा समेत सरकारले हत्यारालाई सार्बजनिक नगरेको भन्दै उनीहरुले डेढ घण्टा सडक जाम गरेका छन। लम्कीमा पुर्वपश्चिम राजमार्ग उनिहरुले बन्द गरेका थिए।

लम्की चुहा नगरपालिका क्षेत्रका विभिन्न विद्ययालयबाट आएका बालिकाहरुले सरकारको लाचार पनले ढुक्क भएर हिडडुल गर्न समेत असहज भएको बताए। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तीले निर्मलाले न्याय पाउनेमा झनै शंका उत्पन्न भएको उनिहरुले बताएका छन।

निर्मला पन्तका हत्यारालाई कारवाही गर्न नसकेकै कारण देशमा अन्य बलात्कार र हत्याका घटनामा बृद्धि हुदै जाँदा सरकार चुप  लागेकाले बलात्कारीलाई प्रोत्साहान मिलिरहेको वलिकाहरुको भनाई थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles