30.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

निर्मला पन्त हत्या प्रकरण : पत्रकार जोशीमाथि हातपात

धनगढी , आश्विन १६, २०७५ ।

१३ बर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा दोषी पत्ता लगाउन माग गर्दै आह्वान गरिएको आन्दोलनमा क्रममा कञ्चनपुरमा पत्रकार चन्द्र जोशीमाथि हातपात भएको छ।

सगरमाथा टेलीभिजन र धनगढीको एसटिएस टेलिभिजनमा कार्यरत जोशीमाथि आन्दोलनकारीले हातपात गरेका हुन्।

पत्रकार जोशीको साथमा रहेको क्यामेरा समेत तोडफोड गरिएको छ।

बन्दकर्ताले सरकारी गाडी तोडफोड गरिरहेको भिडियो खिचिरहेका बेला उक्त भिडियो हटाउन भन्दै कुटपिट भएको पत्रकार जोशीले बताए।

बन्दको अवज्ञा गरेको आरोपमा आन्दोलनकारीले जिल्ला सरकारी वकिल कार्यालय, कञ्चनपुरको बा २ झ २७ १५ नम्बरको गाडीमा तोडफोड पनि गरेका छन्।

नेपाल विद्यार्थी संघले दोषी सार्वजनिक गर्नुपर्ने माग गर्दै आज कञ्चनपुर बन्दको घोषणा गरेको थियो।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles