37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

करणी गरेको अभियोगमा एक जना पक्राउ

दार्चुला , आश्विन १६, २०७५ ।

दार्चुलामा जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ काडापारी रवालीका ३५ वर्षिय जय सिंह बोहरालाई जवरजस्ती करणीको अभियोगमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बोहराले सोमबार वेलुकी सोही ठाउँ बस्ने १७ वर्षिय वालिकालाई उनकै घरमा गएर जवरजस्ती करणी गरेको पीडित पक्षले बताएको छ ।

जवरजस्ती करणी गरेको भन्दै पीडित पक्षले ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा जाहेरी दिएको प्रहरीले जनाएको छ ।

घट्ना सोमबार वेलुकी घटेको भए पनि पिडित पक्षले प्रहरीलाई मंगलबार मात्रै पिडक बोहरालाई पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय गोकुलेश्वर कार्यालयबाट प्रहरी निरिक्षक दिर्घबोगटी नेतृत्वमा खटिएको टोलीले पिडक बोहरालाई सोही गाउँबाटै पक्राउ गरेको हो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles