41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

निर्मला पन्त हत्या प्रकरणः हत्यारालाई सार्वजनिकको माग गर्दै कञ्चनपुर वन्द

धनगढी, आश्विन १६, २०७५ ।

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै गरिएको कञ्चनपुर वन्दले जनजीवन प्रभावित भएको छ ।

नेपाली कांग्रेसको विद्यार्थी सगठन नेपाल विद्यार्थी संघले आज गराएको कञ्चनपुर बन्दले जनजीवन प्रभावित भएको हो ।

हिजो विद्यालय क्याम्पस  संघसस्था बन्द गराएको नेवि संघले आज एक दिनका लागि कञ्चनपुर वन्द गरेको जनाएको छ ।

लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संघ सस्था, उद्योग कलकारखाला पनि ठप्प छन् ।

नेवि संघका विद्यार्थीहरुले महेन्द्रनगरमा टायर बालेर पनि प्रदर्शन गरेका छन् ।

त्यसैगरी कञ्चनपुरमै निर्मला हत्या प्रकरणबारे अनुसन्धानमा गर्न गठित उच्च स्तरीय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै थालिएको धर्ना कार्यक्रम आज चौथो दिन पनि जारी छ ।

गएको शनिवारदेखि दैनिक रुपमा महिला अधिकारकर्मीहरुले बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्ना दिर्दै आएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles