23.9 C
Mahendranagar
Wednesday, April 24, 2024
spot_img

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसमा सय वर्षिय बृद्धालाई सम्मान

दार्चुला , आश्विन १५, २०७५ ।

२८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस २०७५ को अवसरमा जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकाले वडा नम्बर २ का १ सय वर्षिय अइता देवी वडाललाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले १ सय वर्षिय वडाल तथा ९८ वर्षिय जय सिंह साहुलाई सम्मान गरेको गाउँपालिकाका प्रवक्ता गोविन्द सिंह डडालले जानकारी दिए ।

दिवसको अवसरमा गाउँपालिकाले सबै वडाहरुलाई जेष्ठ नागरिक दिवस मनाउन सर्कुलर जारी गरेको थियो ।

गाउँपालिकाका ५ वटै वडाहरुले जेष्ठ नागरि दिवस भव्यताका साथ मनाएको उनले जानकारी दिए ।

दिवसको अवसरमा गाउँपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान, भत्ता वितरण तथा सरोकारवाला पक्षहरु संग अन्तरक्रिया गरेको प्रवक्ता डडालले जानकारी दिए ।

यस्तै महाकाली नगरपािलका वडा नम्बर ४ र ५ ले सयुक्त रुपमा कार्यक्रमको आयोजना गरी २८ औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ, भने जिल्ला भरी रहेका ७ गाउँपालिका र २ नगरपालिकाका सबै वडाहरुले समेत दिवस मनाएका छन् ।

दिवसको अवसरमा महाकाली नगरपालिका वडा नम्बर ४ र ५ ले वडा भरी रहेका जेष्ठ नागरिकहरुलाई सम्मान तथा मिष्ठान वितरण गरेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles