27.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

टोल टोलमा प्रहरी अभियानमा प्रहरी सक्रिय

दार्चुला , आश्विन १५, २०७५ ।

समाजमा शान्ति शुरक्षा कायम गर्न नेपाल प्रहरीले ल्याएको टोल टोलमा प्रहरी अभियानलाई निरन्तरता दिन दार्चुला प्रहरी सक्रिय भएको छ ।

अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईहरुले घरेलु हिंसा, महिला हिंसा, लागु औषध नियन्त्रण, मदिरा नियन्त्रण र सवारी साधन दुर्घटना न्युनिकरण सम्बन्धी विभिन्न जनचेतना मुलक कार्यक्रमहरुको आयोजना गरीरहेको छ ।

सिमा प्रहरी चौकी लालीले लेकम गाउँपालिका वडा नं. ३ रतौडा, ईलाका प्रहरी कार्यालय लटिनाथले मार्मा ५ स्थित मुरैमा, प्रहरी चौकी धौलाकोटले ब्याँस गाउँपालिका वडा नम्बर ५ मा स्थानियलाई भेला गराई जनचेतना मुलक कार्यक्रमहरु संचालन गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

यस्तै प्रहरी चौकी सुनसेराले ब्याँस गाउँपालिकाको दम्फामा प्रहरी चौकी जोलजिबीले मालीकार्जुन ६ बांकु चिउरेनीमा जनचेतना मुलक कार्यक्रम गरी सन्देश प्रवाह गरेको प्रहरीले जनाएको छ ।

जनतासंग सहकार्य गरी सामाजिक अपराध न्युनिकरण गर्न प्रहरीले टोल टोलमा अभियानलाई तिब्रता दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

प्रहरी एक्लैको प्रयासले सामाजिक अपराध न्युनिकरण गर्न नसकिने भएकाले प्रहरीसंग जनताले हातेमालो गर्न आवश्यक रहेको उनको भनाई छ ।

जुवा तास, महिला हिंसा, छुवाछुत जस्ता कुरितिले पछिल्लो दिनमा सामाजिक अपराधका घटना बढ्दै गएकाले यसको न्युनिकरणका लागी आफैबाट सकारात्मक कामको थालनी हुनुपर्ने सुचना अधिकारी बोहराको भनाई छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles