24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

आम हडताल फिर्ता भएपछि जनजीवन सामान्य अवस्थामा

धनगढी, आश्विन १५, २०७५ ।

शनिबारदेखि धनगढीमा गरिएको आम हड्ताल स्थगित गरिएपछि जनजीवन सामान्य अवस्थामा फर्किएको छ ।

नागरिक समाज संघर्ष समितिले आईतवार साँझदेखि लागु हुने गरी आम हडताल स्थगित गरेपछि जनजीवन पहिलेकै अवस्थामा फर्किएको हो ।

सोमबार विहानदेखि नै लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा आएका छन् ।

बजार क्षेत्रका पसलहरु सञ्चालनमा आएका छन् । चाडपर्व नजिकिएका वेला वजारमा कारोवार वढेको छ ।

आमहडताललाई बद्नाम गराउने खेल भएको भन्दै आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै आम हडताल स्थगित गरिएको थियो ।

नागरिक समाज संघर्ष समितीले विज्ञप्ती जारी गर्दै सोमवार साँझ ८ बजे एक घण्टा धनगढीमा बल्याक आउट गर्ने जनाएको छ ।

वन माफिया र भुमाफियालाई फाईदा पुग्ने गरी प्रदेशको राजधानी गोदावरीको जंगलमा राखेको भन्दै धनगढीमा आम हडतालको घोषणा गरिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles