40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

धनगढीका मेयरले भने– आक्रोशमा गलत शब्द बोले

धनगढी, आश्विन ११, २०७५ ।

प्रदेश ७ को राजधानी धनगढीवाट अत्तरीया राख्ने प्रस्तावपछि धनगढीमा भएको आन्दोलन प्रदेश सरकार र सांसदहरुलाई धनगढी छोड्न अल्टिमेटम दिएका मेयर नृप ओडले आक्रोसमा गलत शब्द बोलेको स्वीकार गरेका छन्।

बुधवार भएको आन्दोलनमा सहभागी भएका धनगढी उपमहानगरपालिका मेयर ओडले धनगढी वाहिर राजधानी लैजाने सांसदलाई धनगढीमा वस्ने अधिकार नभएको भन्दै २४ घण्टामा धनगढी छोड्न चेतावनी दिएका थिए।

उनले यो ठाउँ नछोडेमा वा निर्णय नसच्चएमा सांसद बस्ने ठाउँमा गएर आगो लगाउन पनि पछि नहट्ने चेतावनी दिएका थिए। तर आज प्रेस विज्ञप्ती जारी गर्दै मेयर ओडले आक्रोसमा गलत शब्द बोलेको बताएका हुन्। प्रदेश ७ को राजधानी गोदावरीको जंगलमा सार्न भूमाफियाको पनि संग्लना रहेको आरोप मेयर ओडले लगाएका छन्। उनले धनगढीमा पर्याप्त संरचना तयार भईसकेकाले राजधानी नसार्न आग्रह पनि गरेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles