25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

खर छाप्रो मुक्त कार्यक्रम अन्तर्गत स्थानियलाई जस्तापाता वितरण

दार्चुला , आश्विन ११, २०७५ ।

उत्तरी क्षेत्रमा पर्ने ब्याँस गाउँपालिकाले खर छाप्रो मुक्त कार्यक्रम अन्तर्गत स्थानियलाई जस्तापाता वितरण गरेको छ

। गाउँपालिकाको गत आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक निति तथा कार्यक्रम अनुसार गाउँपालिकाका खरले छाएका २ सय ३९ घर परिवारलाई जस्तापाता वितरण गरेको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए ।

स्थानियलाई उनिहरुको घरको आकार अनुसार ४ देखी ८५ वटा सम्म जस्तापाता वितरण गरिएको उनले बताए ।

गाउँपालिकाले २ सय ३९ घर परिवारका लागी १ करोड बराबरका जस्तापाता खरीद गरी विहीबार जिल्ला सदरमुकाम खलंगामा ब्याँसका स्थानियहरुले एक कार्यक्रमका विच जस्तापाता वितरण गरिएको हो ।

गाउँपालिकाले खरले छाएका घरधुरीहरुको एकिन तथ्याङ्क संकलन गरेर जस्तापाता वितरण गरेको हो ।

खरले छाएको छाना भित्र बस्दै आएका स्थानियलाई गाउँपालिकाले जस्तापाता उपलब्ध गराए संगै खुसी भएका छन् ।

गाउँपालिकाले खर छाप्रो मुक्त कार्यक्रम अन्तर्गत जस्तापाता उपलब्ध गराए पछि वडा नम्बर ६ का नरबहादुर बम निकै खुसी देखिन्थे, विगतमा खरले छाएको चुहिने छानो मुनि बस्दै आएका उनले जस्तापाता प्राप्त गरे संगै आफु निकै हर्षित र खुसी भएको बताए ।

स्थानिय सरकारले जनता खुसी र सुखी बनाउने कार्यक्रम ल्याएको उनको भनाई छ ।

सोही वडाकै भागरती लोहार खुल्ला आकाश मुनि बस्दै आएको वर्षौ भयो, खरले छाएको छानो पानी पर्दा चुहिने राती सुत्नै समस्या हुने उनलाई गाउँपालिकाले जस्तापाता वितरण गरे संगै निकै राहत भएको महसुस गरे ।

भागरतीका श्रीमान अपाङ्ग भएका कारण उनको आम्दानी केहि छैन् ।

वर्षौ देखी खरले छाएको छानो मुनि बस्दै आएका उनको परिवार अब भने जस्तापाताले छाएको घरमा आतुर भएको छ ।

‘गाउँपालिकाले गरिब, दलित, अपाङ्ग, पिछडिएका समुदायका समस्यालाई बुझेर जस्तापाता वितरण ग¥यो, राम्रा जनप्रतिनिधि पायौँ उनले भनिन्’ ।

ब्याँस गाउँपालिकाका स्थानियले जस्तापाता ढुवानीमा समस्या हुने गरेको बताएका छन् ।

नेपालबाट ब्याँस सम्म पुग्न तिन दिन लाग्ने तथा भारतबाट ढुवानी गर्दा भारतिय सिमा सुरक्षा बल (एसएसबी) पुलमा रोकटोक गर्ने गरेको उनिहरुले बताएका छन् ।

गाउँपालिकाले यस अघि हिलोमुक्त कार्यक्रम अन्तर्गत गाउँपालिका भरीका बाटोघाटोहरुमा पिसिसि गरिसेको छ ।

यसपछि गाउँपालिकालाई धुवामुक्त गाउँपालिका बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष दिलिप सिंह बुढाथोकीले बताए ।

धुवामुक्त कार्यक्रम अन्तर्गत स्थानियलाई ग्यास सिलिण्डर वितरण गरिने अध्यक्ष बुढाथोकीले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles