41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

धनगढी बसपार्कको काम अझै पुरा भएन

 धनगढी, आश्विन ९, २०७५ ।

थपिएको निर्धारित समय सकिन दुई महिना मात्र बाँकी रहँदा समेत निर्माण कम्पनीले धनगढी बसपार्कको काम पुरा गरेका छैन ।

प्रदेश नम्बर ७ को अस्थाई राजधानी धनगढीको एक मात्र बसपार्क स्तरोन्नतिको काम सुरु भएको १५ महिना पुरा हुदैछ ।

तर स्तरोन्नतिको काम पुरा भएको छैन ।

बस पार्कमा लाईनिङ्ग नहँुदा बसहरु जथाभावी राखिने गरिएको छ। यस्ले गर्दा बसपार्क नै कुरुप देखिएको छ ।

बस पार्कमा बस राख्न शुरु गरेका छौ, बस साईड लगाउनै समस्या छ ।

बसका सिसा फुटेका छन ।

कहिले काँही त झगडा नै हुने गरेको छ एक जना बस चालक डम्बर साउँदले भने।

सघन सहरी विकास कार्यक्रम अन्तरगत  सहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन ईकाई मार्फत बसपार्क स्तरोन्नतिको काम भएपछि सञ्चालमा आउनुपर्नेमा अझै निर्माण नै नसकिएको हो ।

बसपार्क स्तरोन्नतिपछि  ७० वटा भन्दा बढी बस पाकिङ्ग एकै समयमा हुनेछन । बसपार्क स्तरोन्नतिको ९५ प्रतिशत काम भएको छ ।

सोलारको काम, उत्तरतिरको सडक र लाईनिङ्गको काम बाँकी छ, शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई कार्यालयका ईन्जिनियर सालीकग्राम उपाध्यायले भने।

बसपार्क निर्माणमा निर्माण व्यवसायीले मनोमानी गरेको छ तर कार्यान्वयन इकाईको कार्यालय र बसपार्कको स्वामित्व रहेको धनगढी उप–महानगरपालिका मौन छन।

बस पार्कमा बस राखे बाफतको रोयल्टी पाउने धनगढी उप महानगरपालिकाले बस पार्कको बिषयमा चाँसो राखेको नगर प्रमुख नृपबहादुर वडले बताए।

बर्षात सकिन थालेकाले कामले गती लिने उनको दावि छ।

स्तरोन्नतिपछि धनगढी बस पार्कको  टीकट काउण्टर नगरपालिकाले निर्माण गरेको भवनमा हुनेछ ।

थपियको समयको दुई महिना मात्र बाँकी रहेका बेला समेत काम सकिन्छ की सकिदैन की भन्ने चिन्ता बढेको छ ।

तर निर्माण कम्पनी भने सम्पर्क आउन चाहेन ।

धनगढी बसपार्क निर्माणको समय अवधि छ महिना थपिदा समेत काम पुरा हुनसकेको छैन् ।

थपिएको समयको दुई महिना बाँकी रहँदा समेत बसपार्कको बाँकी काम पुरा भएको छैन ।

बसपार्क भित्र बस राख्न थालिएको छ तर बसपार्कको काम पुर्ण नहुँदा हस्तान्तरण समेत भएको छैन ।

बस पार्कको उत्तर तिरको सडक निर्माण गर्नवाँकी छ भने बस पाकिङ्गका लागि लेन समेत निर्माण गर्न बाँकी छ  ।

सौर्य बक्ती जडान, मार्वल राख्नेदेखि सडक समेत निर्माण गर्ने सम्झौता भएकोमा ती कामहरु पनि गर्न अधुरै रहेको छ ।

राजेन्द्र रुद्रावती जेभी र साविकको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढी बिच २०७४ असारमा १ करोड १९ लाख ९२ हजार रुपैयामा बसपार्क स्तरोन्नति गर्ने सम्झौता भएको थियो ।

तर समय अवधिमा निर्माण पुरा नभएपछि छ महिना थप गरिएको समयमा चार महिना बितिसक्दा समेत बसपार्कको काम पुरा भएको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles