37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

कञ्चनपुर : मनाइएन संविधान दिवस, कतै सरकारको बिरोध त कतै न्यायका निम्ति सडक नाटक

महेन्द्रनगर, असोज ३ ।

अर्थात् संविधान दिवस, आजकै दिन नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको थियो । यस अघि जनताले आफ्नो संविधान आफै लेख्ने प्रयास गरेको भएपनि सफल हुन सकेको थिएन । नेपालको संवैधानिक ईतिहासमा सातौ संविधानका रुपमा नेपालको संबिधान २०७२ आउनुअघि ६ पटक बिभिन्न माध्यमबाट संविधान जारी भएको थियो ।

यस अघि नेपाल सरकारको वैधानिक कानुन २००४, नेपालको अन्तरीम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, नेपाल अधिराज्यको संविधान २०४७ र नेपालको अन्तरिम संविधान २०६३ जारी भएको थियो ।

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार देशभर भब्य तरिकाले संविधान दिवस मनाइएको छ । तर निर्मला हत्याकाण्डले शोकमा रहेको कञ्चनपुरमा भने यस बर्ष संविधान दिवसका अबसरमा खासै औपचारिक कार्यक्रमको आयोजना भएनन् ।

भीमदत्त नगरपालिका २ की निर्मला पन्तको बलात्कार पछि भएको हत्या घटना तथा अन्य बिभिन्न घटनाले शोकमा रहेकोले कञ्चनपुरमा पछिल्लो बर्षको जस्ता तथा यस वर्ष देश भरी नै धुमधाम र हर्ष उल्लासका साथ मनाइएको संविधान दिवस कुनै पनि औपचारिक कार्यक्रम गरिएन ।

महिला तथा बालबालिकाका हक अधिकार सम्बन्धमा खुला नेवि संघको खुल्ला छलफल

नेपाली काँग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले महेन्द्रनगरमा संविधान दिवसका अवसरमा संविधानले निर्देशित गरेका महिला तथा बालबालिकाका हक अधिकार सम्बन्धमा खुला छलफल कार्यक्रम गरेको हो । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर, संविधान चोकमा उक्त कार्यक्रम गरिएको नेपाल बिद्यार्थी संघका नेता किशोर जोशीले बताए ।

नेपाल बिद्यार्थी संघ कञ्चनपुरका सभापति गणेश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेस कञ्चनपुरका पुर्व पार्टी सभापति यज्ञराज जोशी, वर्तमान पार्टी सभापति हरिप्रसाद बोहरा, नेपाल महिला संघका अध्यक्ष मधु भारती लगायत काँग्रेसका नेता र नेपाल बिद्यार्थी संघका बिद्यार्थी नेताको सहभागिता रहेको थियो ।

नेबि संघको कार्यक्रममा बोल्र्दै नेपाली काँग्रेसका कञ्चनपुर जिल्ला सभापति हरिप्रसाद बोहराले ओली नेतृत्वको सरकार दुई तिहाईको दम्भमा मातिएको आरोप लगाएका छन । निर्मला हत्याकाण्डका सम्बन्धमा पीडितलाई न्याय दिनेभन्दा पनि शक्ति, पद र पहुँचको आडमा झन यातना दिने काम भएको बताएका छन । न्यायको निष्पक्ष छानबिन गर्ने निकायका पदाधिकारीबाट नै न्यायको पहुँचमा पुग्न पीडितलाई अवरोध भएको उनले आरोप लगाए ।

देशका विभिन्न ठाउँमा महिलामाथि बलात्कार लगायतका हिंसा बढ्दै जानु, देशको शान्ति र सुरक्षामा सरकारको चासो नभएको भन्दै, यसमा सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए । निर्मला हत्याकाण्डलाई राज्य पक्षबाट नै दोषिलाई उम्काउने काम भइरहेको उनको आरोप छ ।

महेन्द्रनगरमा न्यायिक आन्दोलनका शहिद शन्नी खुनाको शालिक र उनको नामबाट चोक नाम राख्नु पर्नेमा उनले स्थानिय सरकारको ध्यानाकर्षण गराएको छन । यस्तै नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले बलात्कारपछि हत्या गरिएकी बालिकालाई न्याय दिलाउन सरकार उदासिन रहेकोे बताईन् ।

साथै उनले नारी सुरक्षाको माग समेत गरिन् । घटना भएको दुई महिना पुग्नै लाग्दा समेत सत्यतथ्य बाहिर नआउनुको कारण के हो ? भन्दै उनले सरकारलाई प्रश्न गरिन् । अहिले पनि महिला असुरक्षीत रहेकाले सुरक्षाको प्रत्याभुति दिलाउन माग गरिन् ।

निर्मलाको न्यायका लागि सडक नाटक 

महेन्द्रनगर बजारको मदन चोकमा निर्मलाको न्यायको खोजीमा विविध रचनात्मक एवम सडक नाटक कार्यक्रम सम्पन्न गरीएको छ । १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै २ महिना पुग्नै लागेको छ । गत साउन १० गते साथीको घरमा होमहर्क गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव गाँउ नजिकैको उखुबारीमा फेला परेको थियो ।

साउन ११ देखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन । सोहि सन्र्दभमा सुदूरपश्चिम लोक तथा दोहरी प्रतिष्ठान महेन्द्रनगरको आयोजना तथा युथ भ्वाइस ग्रुप महेन्द्रनगरको सह–आयोजनामा सडक नाटक र रचना बाचन कार्यक्रम भएको हो ।

कार्यक्रममा आफ्ना बिभिन्न विधामा निर्मला हत्या प्रकरण तथा नेपाली नारी र समाज लाई प्रकाश पार्ने तवरले प्रस्तुतीहरु प्रस्तुत गर्दै निर्मलाको लागि न्याय मागिएको थियो भने सडक नाटकबाट महिला माथि भइरहेका अन्याय, अत्याचार शोषणलाई देखाउन खोजिएको थियो ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles