24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

दुईजना बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ

महेन्द्रनगर , भाद्र ३०, २०७५ ।

कञ्चनपुरमा दुईजना बालिकालाई बलात्कार गरेको आरोपमा शनिबार एकजना पक्राउ परेका छन् ।

बेल्डाँडी गाउँपालिका–२ का ६ वर्षीया दुई बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५७ वर्षीय राजेन्द्र विष्टलाई पक्राउ गरिएको हो ।

विष्टले ललाइ–फकाइ बलात्कार गरेको कुरा ती बालिकाले सुनाएको बालिकाकी आमाले बताइन् । उनका साथीसँग सोधपुछ गर्दा अर्की बालिका पनि बलात्कारको शिकार भएको खुलेको बालिकाकी आमाको भनाइ छ ।

पीडित परिवारले शुक्रबार विष्टविरुद्ध इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दिएका थिए ।

उजुरीपछि विष्टलाई पक्राउ गरी हिरासतमा राखेर आवश्यक कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता तथा डीएसपी कृष्णराज ओझाले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles