33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

तीन वर्ष अवधि तोकिएको मोहनापुल साढे चार वर्ष सम्म अधुरै

धनगढी , भाद्र २९, २०७५ ।

डिभिजन सडक कार्यालय महेन्द्रनगर र निर्माण व्यवसायीको धनगढी राजघाट जोड्ने मोहना नदीको पुल साढे चार वर्ष सम्म अधुरै रहेको छ।

तीन वर्षमा काम सक्ने गरी २०७१ सालमा निर्माणको जिम्मा लिएको केएस एडभेन्चर जेभीले साढे चार वर्ष सम्म पनि पुल निर्माण हुन नसकेको हो। चन्द्र

शेखर मल्ल सञ्चालक रहेको केएस एडभेन्चर जेभीले तीन वर्षे अवधी लिएर २०७१ सालदेखि निर्माण थालेको पुल साढे चार वर्ष सम्म पूरा नहुनुमा स्थानीयले डिभिजन सडक कार्यालय दोषी रहेको आरोप लगाएका हुन्।

निर्माण कार्यलाई तिव्रता दिन निर्माण व्यवसायीलाई दबाब दिनुको सट्टा डिभिजन सडक कार्यालयले पटक/पटक म्याद थप गरेर उन्मुक्ती दिइरहेको अरोप उनीहरुको छ।

कृष्णपुरको राजघाटका स्थानीय बाजी नेपालीले सरकारको कमजोरीका कारण पुल नबनेको बताए।

डिभिजन सडक कार्यालय र निर्माण व्यवसायीले पुल निर्माणमा ढिलाई गरिरहेका बेला प्रदेश सरकारले समेत उदासिनता देखाएपछि स्थानीयले प्रदेश सरकार कस्को र के का लागि हो भन्ने जिज्ञासा राखेका छन्।

स्थानीय निर्मला जोशीले पुल निर्माणमा प्रदेश सरकार किन सुतेको छ ? भन्दै सम्बन्ध पक्षलाई दबाब दिएर चाडो पुल भएर धनगढी–राजघाट यात्रा गर्ने सपना पूरा गरिदिन प्रदेश सरकारलाई  आग्रह गरिन्।

निर्माण व्यवसायी र डिभिजन सडक कार्यालयले दोस्रो पटक थप गरिएको समयमा पनि पुल निर्माण गर्न नसकेपछि फेरी म्याद थप गर्न विभागमा पत्राचार गरेका छन्।

यसअघि दुई पटक थप गरिएको समयमा पनि काम सम्पन्न गर्न नसक्दा पनि मौन रहेको डिभिजन सडक कार्यालयले नै म्याद थपका लागि पत्राचार गरेको हो।

डिभिजन सडक कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख लक्ष्मी भट्टले म्याद थपका लागि विभागमा पत्राचार गरिएको जनाउदै फेरी पनि ढिलाई गरेमा निर्माण व्यवसायीलाई कारवाही गरिने बताए।

पुल अभावमा जोखिमयुक्त यात्रा गर्दै आएका राजघाटबासीको नियती अहिले पनि उही छ । तर पुल कहिले बन्ने हो त्यो भने अत्तोपत्तो नहुदा स्थानीय बासिन्दा निराश भएका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles