25.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

कैलालीकाे जोशीपुरमा व्यापारीको हत्या

धनगढी ,भाद्र २९, २०७५ ।

कैलालीको जोशीपुर गाउँपालिकामा व्यापारीको हत्या भएको छ। जेशीपुर गाउँपालिका वडा नम्वर १ मा व्यापारी रामप्रसाद जैशीको बिहीबार राति घरमै हत्या भएको हो।

जोशीपुर बजारमा किराना पसल चलाउँदै आएका जैशीको हत्या भएको प्रहरीले जनाएको छ।

बिहीबार राति घरमा एक्लै बसेका जैशी शुक्रबार बिहान पसल खोल्न नआएपछि स्थानीय घरमै गएर हेर्दा जैशी मृत फेला परेका थिए।

जैशीको श्रीमती तीजका लागि माईत गएको बेला हत्या भएको हो।

जैशीको हत्या भएको भन्दै जोशीपुर बजारका व्यापारीले विरोध जनाउँदै बजार बन्द गरेका छन्।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles