26.7 C
Mahendranagar
Saturday, April 27, 2024
spot_img

पक्राउ परेका युुवकमाथी जबरजस्तीकरणीको मुद्धा

बैतडी , भाद्र २९, २०७५ ।

१६ वर्षीया किशोरीलाई जबर्जस्तीकरणी गर्न खोजेको आरोपमा बैतडीमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका –४, बस्ने २४ वर्षीय नन्दु जोशी रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

पक्राउ परेका युवकमाथी आज जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धा दर्ता भएको प्रहरी प्रवक्ता जोशीले बताए ।

उनले भने“मुद्धा दर्ता भई कानुनी प्रक्रिया अगाडी बढेको छ ” युवकलाई जिल्ला अदालत बैतडीमा म्याद थपका लागी पठाएको छ ।

जबरजस्तीकरणी उद्योगसम्बन्धी मुद्धामा ३ बर्षसम्म जेल सजाय हुनुका साथै ३० हजारसम्म जरिवाना हुने कानुनमा उल्लेख गरिएको छ ।

बुधबार शाहिलेक बजारबाट घर फर्किँदै गर्दा दशरथचन्द नगरपालिका –४, की एक किशोरीलाई ठूलीखोला जंगलमा भन्ने ठाँउमा जोशीले जबर्जस्ती करणी गर्न खोजेको हो ।

पिडित किशोरीका अनुसार तीजको सामान लिएर घर फर्किरहेको बेला जंगलमा जबरजस्तीकरणी गर्ने खोजेको आरोप रहेको छ ।

तर युवकले भने किशारीले भेट्न बोलाएर मात्र गएको प्रहरीसमक्ष बयान दिएको छ ।

१ घण्टा सम्म जवरजस्तीकरणीको प्रयास भएको र आफु संग भएको सर–सामानहरु जंगलमै छोडेर भाग्न सफल भएको पिडित बालिकाको भनाई छ ।

घटना बारे थप अनुसन्धान भैरहेको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles