डोटीको रुवसकाँडामा बस दुर्घटना, २३ जना घाइते

द्वारा : सुदुर न्युज
Accident
0

डाटी , भाद्र २८, २०७५ ।

डोटीको जोयरायल गाँउपालिकामा बस दुर्घटना भएको छ । दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस गएराति ३ बजेतीर जोरायल गाँउपालिका २ रुवसकाँडामा दुर्घटना हुदा २३ जना घाइते भएका छन् ।

घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दार्चुलाको मार्मा गाँउपालिका वडा नम्बर १ का ३८ वर्षिय अमर ठगुन्ना, सोही स्थानका ३० वर्षिय हर्क सिह भण्डारी, बस चालक पदम पन्त र सह चालक दान बहादुर जोशी गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy