40.6 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

तिजसँगै कञ्चनपुरमा फेरी आँसुका वर्षा

महेन्द्रनगर,  भाद्र २७, २०७५ ।

आज देशमा एकातीर तिजको लहर छाइरहेको छ।

रंगीचङ्गी पोशाकमा महिला दिदीबहिनी रमाईलो गरिरहेका छन् ।

निर्मला हत्या काण्डको शोकमा डुबेका कञ्चनपुरबासीका आँखा ओभाना हुन नपाउदै फेरी पीडा र सन्त्रासको वादल मडारिएको छ बालिका निर्मला हत्या प्रकरण किनारा लाग्न नपाउदै कञ्चनपुरमा फेरी एक बालिका बलात्कारको सिकार भएकी छिन्।

कञ्चनपुरको महाकाली नगरपालिकाकी १० वर्षिया बालिका विद्या थापा  ( नाम परिवर्तन) बलात्कारको सिकार बनेकी हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक कुवेर कडायतले बालिका बलात्कारको आरोप लागेका महाकाली नगरपालिका ४ का ४० वर्षिय आइते सुनारलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

सुनारले बाकिालालई मंगलबार साँझ बलात्कार गरेको उनले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles