36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश ७ मा १० बर्षमा ३० किलोमिटर सडक कालोपत्रे

धनगढी , भाद्र २७, २०७५  ।

राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग अन्तर्गत प्रदेश नम्वर ७ मा १० बर्षमा ३० किलोमिटर सडक कालोपत्रे भएको छ ।

बैतडीमा १४ र अछाम जिल्लामा १६ गरि ३० किलोमिटर कालोपत्रे सम्पन्न भएको हो ।

अहिले मध्य पहाडी लोकमार्ग अन्तरगत अछाम जिल्लामा ४४ किलोमिटर सडकमा कालोपत्रेको काम भईरहेको छ ।

२०७६ वैशाख १५ भित्रमा सक्ने गरी ठेक्का पाएकाले अहिले निर्माण व्यवसायीले पनि निर्माणको गतिलाई तिव्रता दिएका छन् ।

अछाम खण्डमा पर्ने ५९ किलोमिटर सडकलाई ४ खण्डमा विभाजन गरेर काम अघि बढाइएकोमा १६ किलोमिटर कालोपत्रे सम्पन्न भईरहेको छ भने बैतडी जिल्लामा १४ किलोमिटर कालोपत्रे भने यसअघि नै सम्पन्न भईसकेको थियो ।

मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका ईन्जिनियर तुलाराम शर्माले विनायकदेखि ठाँटीसम्म र ठाँटीदेखि मंगलसैनसम्मको सडकको कालोपत्रेका लागि ३३÷३३ करोड, बेलखेतदेखि विनायक सडक खण्डका लागि २९ करोड, कैलाश खोलादेखि बयालपाटासम्मको सडकका लागि २२ करोड  रुपैयाको ठेक्का भएको थियो ।

मध्यपहाडी लोकमार्ग प्रदेश नम्वर ७ मा बेलखेत, बिनायक, मंगलसेन, सांफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबांझ हुँदै झुलाघाट जोड्ने छ ।

मध्यपहाडी लोकमार्गले बैतडीको काम सम्पन्न गरिसकेको छ भने अछाम जिल्लामा पनि यहि बर्ष काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

डडेल्धुरा र डोटी जिल्लामा भने अहिलेकै राजमार्गहरुसंग मध्यपहाडी लोकमार्ग जोडिने छ ।

यद्यपी ती क्षेत्रमा पनि मध्यपहाडी लोकमार्गलाई अहिलेको राजमार्ग भन्दा छोटो दुरीको बनाउने विषयमा पनि छलफल भईरहेको छ ।

मध्यपहाडी लोकमार्गलाई पहाडी जिल्लाको समृद्धीको आधारका रुपमा हेरीदै आईएको छ ।

एउटा पहाडी जिल्लाबाट अर्को पहाडी जिल्ला जान पूर्व–पश्चिम महेन्द्र राजमार्ग झरेर पुनः पहाड चढ्नुपर्ने अवस्थाको अन्त्य हुने भएकाले लोकमार्गको निर्माण सम्पन्न भए पहाडी क्षेत्रमा पनि समृद्धीको ढोका खुल्ने आशा गरिएको हो ।

प्रदेश नम्वर ७ मा मध्यपहाडी लोकमार्गको निर्माण सम्पन्न भए, बाजुरा, अछाम र डोटीका केहि क्षेत्रका जनतालाई पुर्वको यात्रा गर्दा अहिलेको भन्दा झण्डै २ सय २० किलोटिमर सम्म छोटो यात्रा गर्नुपर्ने छ ।

जस्ले समयको बचतसंगै थोरै खर्चमा पनि आवतजावत गर्न सकिने छ भने पहाडी जिल्लामा आर्थिक गतिविधि सञ्चालनमा पनि टेवा पुग्ने छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles