24.1 C
Mahendranagar
Thursday, April 25, 2024
spot_img

आज हरितालिका तीज

धनगढी, भाद्र २७, २०७५ ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने बरदान पाएकी थिइन् ।

पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शु

क्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तीजको व्रत लिने प्रचलन सुरु भएको थियो ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वासमा नारीहरू व्रत बस्ने गरेका गर्दछन् ।

तीजको अवसरमा आज विहानैदेखि प्रदेश नम्वर ७ का शिवालयहरुमा पनि पुजाआजा गर्नेको घुईचो लागेको छ ।

तीजकै अवसरमा शिवपुरी धाम, जाखौर ताल, शिव मन्दीर लगायतका शिवालयमा महिलाहरुको घुईचो लागेको हो ।

यस्तै शिवपुरी उत्तररामेश्वर जोतिलिङ्ग धाममा तीज महोत्सव हुदै छ ।

आजदेखि सुरु हुने महोत्सव तीन दिन सम्म सञ्चालन हुने शिवपुर उत्तररामेश्वर जोति लिङ्ग धाम समितिका सचिब शिद्धराज पनेरुले जानकारी दिए ।

धनगढी उप–महानगरपालिकाका उप–प्रमुख शुसिला मिश्र भट्टले तीज महोत्सवको उद्धघाटन गर्ने कार्यक्रम छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles