36.6 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

यसरी पनि बाँचिदो रहेछ

धनगढी, भाद्र २५, २०७५ ।

रोकिएको बस आफै स्टार्ट भई गुडेपछि दुर्घटनामा परेका मोटरसाइकल चालक नपत्याउदो हिसाबले बाँच्न सफल भएका छन् ।

गाँउघरतिर एउटा भनाई छ, नसिबमा लेखेर ल्याएको छ भने कसको के लाग्छ र ? निर्माणाधिन मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा आज बिहान भएको एक दुर्घटनाले यसै कुराको झल्को दिइरहेको छ ।

बोराडाँडीस्थित सडकको छेउमा रहेको फोर्स मोर्टसको ग्यारेजमा मर्मतका लागि भन्दै ज्योति इग्लिस बोर्डिङ स्कुलका चालकले बस रोकेका थिए ।

रोडको बाँया छेउमा उत्तरतर्फ फर्काएर रोकी राखेको से १ ख ६०५ नम्बरको स्कुल बस एक्कासी आफै स्टार्ट भएर गुड्न थाल्यो ।

से २ प ७८९७ नम्बरको मोटरसाइकलमा अत्तरियाबाट धनगढीतर्फ आइरहेका थिए गोदावरी नगरपालिका ४ का ४५ वर्षिय हेम खत्री ।

उनलाई बसभित्र चालक छ जस्तो लागेको थियो तर उत्तरतर्फ फर्किएको बस एक्कासी उनको साइडमा आएर मोटरसाइललाई ठक्कर दिन पुग्यो ।

बसले मोटरसाइकल सहित उनलाई रोडबाट ५० मिटर पर पुगायो तर उनी बाँच्न सफल भए ।

हतार हतारमा आएका बस चालक राजपुरका हरिसिंह साउँदले बसलाई कन्ट्रोल गरेर उनलाई उद्दार गरे ।

दुर्घटनाको प्रकृति हेर्दा उनी जुन अवस्थामा छन्, त्यो आश्चर्य लाग्दो छ ।

उनले भने, ‘दाँया हातमा थोरै चोट लागेको छ अरु केही भएको छैन्, ’ धन्न बाँचियो ।

बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles