33.7 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

बैतडीमा ७७ महिला तथा बालबालिका हराए

बैतडी , भाद्र २५, २०७५ ।

दुई बर्षको अवधीमा बैतडीमा ७७ महिला तथा बालबालिका हराएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक बर्ष २०७३÷७४मा ३८ महिला तथा बालबालिका हराएका छन् ।

जसमा २१ महिला १७ बालबालिका रहेका छन् । आर्थिक बर्ष २०७४÷७५मा ३४ महिला तथा बालबालिका सम्पर्कबिहीन रहेका छन् ।

जसमा २५ महिला ९ बालबालिका हराएका प्रहरीको तथ्यांकले देखाएको छ ।

यस्तै चालु आर्थिक बर्षको हालसम्म ३ महिला र २ बालबालिका परिवारको सम्पर्कवाट बाहिर रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

बैतडीमा दुई बर्षको तथ्यांक हेर्दा महिला हराउने क्रम बढ्दै गएको छ ।

उनीहरु घरपरिवारको सम्पर्कवाहिर रहेका हुन् । हराउनेहरु कोही भागेर अर्कै बिहे गर्ने महिला तथा सानै उमेरमा बिहे गरेर भारततिर रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रहरीले सीमानाकामा कडाई गरेपछी भारततिर पसेको हुनसक्ने प्रहरीकै अनुमान रहेको छ ।

हराएकामध्ये केही सम्पर्कमा आएका छन् । २०७३÷७४मा हराएका ३८ जनामध्ये १० महिला र ११ बालबालिका सम्पर्कमा आएका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकोछ ।

२०७४÷७५ मा हराएका ३४ जनामध्ये २ महिला र २ बालबालिका घरपरिवारको सम्पर्कमा आएका छन् ।

यस्चै चालु आर्थिक बर्षमा ५ जना हराएकोमा १ बालिकामात्रै परिवारको सम्पर्कमा रहेकी छन् ।

हराएपछी सम्पर्कमा आउने महिलाहरु केहीले अर्कै बिहे गरेको पाईएको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता जोशीले भने “हराएका महिलाहरु भागेर अर्कैसंग बिहे गरेको पाईएको छ ” यस्तै बालबालिकाहरु पनि भागेर बिहे गर्ने त्यसपश्चात भारतमा सम्पर्कमा आएका छन् ।

केही बालबालिकाहरु घरमा आर्थिक अवस्था कमजोर भएर साथीहरुको लहैलहमा लागेर भारतमा रोजगारीको लागी पसेका पनि भेट्टीएका छन् ।

घरपरिवारले परिवारको सदस्य हराएको जानकारी दिएपछीमात्रै प्रहरीलाई थाहा हुने गरेको प्रहरी प्रवक्ता जोशीले बताए ।

खोजतलासको लागी प्रहरीमा निवेदनपश्चात प्रहरीले खोजबिन गर्छ उनले भने“प्रहरीले खोजबिन गरेपछी धेरै कम मात्र सम्पर्कमा आउछन्”
खोजबिनका लागी प्रहरीलाई खबर गर्ने भएपनि त्यसपश्चात घरपरिवारको सम्पर्कमा आईसकेपछी धेरैले जानकारी नगर्ने गरेको पनि उनले बताए ।

घरपरिवारको सम्पर्कमा आईसकेपछी धेरैले जानकारी नगर्ने गरेकाले पनि हराएपछी सम्पर्कमा आएको तथ्यांक कम भएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles