26.1 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

बैतडीका ५० वडा सचिवविहीन

बैतडी, भाद्र २४, २०७५ ।

स्थानीय तहमा जनप्रतिनिधि आएको १ बर्ष पुरा भईसक्दा समेत जनताले सोचेअनुसारको सेवासुविधा पाउन सकेका छैनन् ।

स्थानीय तहमा कर्मचारी अभाव हुँदा दैनिक कामकाज प्रभावित भएर नागरिकले सेवा पाउन सास्ती खेप्नुपरेको छ ।

बैतडीका ८४ वडा मध्ये ५० वडा सचिवविहिन रहेका छन् । वडामा सचिव नहुँदा निकै समस्या भएको जनाईएको छ ।

वडा कार्यालयहरु स्थापना भएको एक बर्ष बढी भईसकेपनि वडाहरुमा सचिव नहुँदा कामकाज गर्न अप्ठ्यारो भएको स्थानीय तहहरुले जनाएका छन् ।

दशओटा स्थानीय तहमध्ये शिवनाथ गाउँपालिकाका ६ ओटै वडामा सचिव नभएका उपाध्यक्ष कुष्मा चन्दले जानकारी दिए ।

वडा कार्यालयमा सचिव नहुँदा वडाबाट दिने सेवाहरु प्रभावित भएका छन् उनले भने“ वडा कार्यालय प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्”

पञ्चेश्वर गाउँपालिका ६ वडामध्ये ४ ओटा सचिव नभएका गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

यस्तै मेलौली नगरपालिकाका ९ ओटा वडा मध्ये ६ वडामा सचिव नभएका नगरपालिकाका उपप्रमुख राधा ओझाले बताईन् ।

वडामा सचिव नहुँदा नागरिकले चाहे अनुसारको सेवा पाएका छैनन् उनले भनिन्“सचिव नहुँदा वडा कार्यालयले प्रदान गर्ने सेवाहरुमा जनताले सहज तरीकाले पाउन मुस्किल भएको छ ”

यसैगरी पुर्चाैंडी नगरपालिकाका १० वडामध्ये ९ वडामा सचिव नभएका नगरपालिकाका प्रवक्ता गौतमप्रसाद भट्टले जानकारी दिए ।

उनले भने“ वडा कार्यालयहरु प्राविधिक सहायकको भरमा सञ्चालनमा रहेका छन्” यसैगरी पाटन नगरपालिकामा पनि १० वडा मध्ये ५ वडामा सचिव नभएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन अधिकारीले बताए ।

दोगडाकेदार गाउँपालिका ८ वडा मध्ये ३ वडामा सचिव नभएका गाउँपालिकाका नायब सुब्बा शेरसिंह बिष्टले जानकारी दिए ।

यस्तै डिलाशैनी गाउँपालिकामा ७ वडा मध्ये ४ मा सचिव नभएका प्रमुख प्रशासकीय अधिकृत चन्द्रदेव जोशीले बताए ।

सिगास गाउँपालिकामा ९ वडा मध्ये ७ मा सचिव नभएका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिए ।

सुर्नया गाउँपालिका पनि ८ वडा मध्ये ५ वडामा सचिव नभएका नायब सुब्बा धनबहादुर चन्दले बताए। वडा कार्यालयमा सचिव नहुँदा कामकाजमा समस्या भएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।

बैतडीका वडा कार्यालयहरुमा सचिव नहुँदा सेवाग्राहीलाई वडाबाट सेवा पाउन मुस्कील भएको छ ।

वडा कार्यालयमा सचिव नहुँदा वडा कार्यालयबाट सेवा पाउन मुस्कील भएको सिगास गाउँपालिका ५ ढुंगाडका भानसिंह धामीले बताए ।

उनले भने“ वडामा सचिव नहुँदा समान्य सेवाका लागि गाउँपालिकाको केन्द्र धाउनुपर्ने बाध्यता रही आएको छ” प्राविधिक सहायकहरुले नै वडा सचिवको काम गरिरहेका छन् ।

प्राविधिक सहायकले वडा सचिवको काम गर्नुपर्दा विकास निर्माणका कामहरुको स्टमेट गर्नमा समेत समस्या हुने गरेको स्थानीय तहहरुले जनाएका छन् ।

कर्मचारी अभावमा यहाँका स्थानीय तहहरुमा कामकाजमा समस्या भएको र सरकारसंग कर्मचारी पठायउन पटक पटक आग्रह गरेको भएपनि हालसम्म पनि पदपुर्ती हुन नसकेको जिल्ला समन्वय प्रमुख सिद्धराज भट्टले बताए।

स्थानीय तहमा जनप्रतिनिधि आएका १ बर्ष बढी भईसक्दासमेत कर्मचारी व्यवस्थापन हुन नसक्दा जनतालाई सेवा पाउन सकस भएको छ ।

जनप्रनिधि आईसकेपछी सहजै रुपमा घरदैलोमै सहज रुपमा सेवा पाउने आस गरेका नागरिक निरास हुदै गएका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles