36.8 C
Mahendranagar
Saturday, April 20, 2024
spot_img

सिलाई तालिम पाएपछि महिला आत्मनिर्भर बन्दै

बैतडी, भाद्र २२, २०७५ ।

‘कपडा सिउने तालिम पाएपछि घरमा एक मेसिन राखेर गाँउलेहरुका कपडा सिउन सुरु गरेकी छु र ज्यालाको पैसाले दैनिक घर खर्च चलाइरहेकी छु’ सिगास ६ की भुजा साँउदले भनिन्’ ।

गत आर्थिक बर्षको बजेटबाट जिल्लाको सिगास गाँउपालिकाका बिपन्न तथा पिछडिएका महिलाहरुलाई सिलाई कटाईको तालिम दिइएपछि तालिम पाएका महिलाहरुले आम्दानी गर्न सुरु गरेका छन् ।

गाँउपालिकाको सहयोगमा तालिम पाएपछि आत्मनिर्भर बन्ने बाटो खुलेको सिगास ७की राधिका धामीले बताईन् ।

‘खेतिपाती पनि खासै हुदैँन्, खेतमा मकै, गहुँ जंगली जनावरले खसाप गरिदिन्छन्, घरका पुरुषले भारतमा गएर मजदुरी गरेको पैसाले घर खर्च चलाउदैँ आएका थियौँ तर अहिले सिलाईको तालिम पायौँ र यसै पेशामा लागेका छौँ,  आम्दानी पनि राम्रै भैरहेको छ, उनले भनिन्– हिजोका दिनमा कपडा सिउनका लागी कोही खोड्पे बजार, कोहि सदरमुकाम त कोही डडेल्धुरा समेत जाने गरेका थिए आजभोली हाम्रै घरमा आउँछन् ।

गत आर्थिक बर्षमा गाँउपालिकले ४५ जनालाई ३–३ महिनाको सिलाई कटाई तालिम प्रदान गरेको थियो ।

चालु आर्थिक बर्षमा पनि थप ४५ जना गरि ९० जना दलित, गरिब तथा बिपन्न परिवारका लाई सिलाई–कटाई तालिम दिईदैछ ।

पहिला ३ महिनाको तालिम लिएका हरुलाई थप ३ महिने तालिम दिईने र ४५ जनालाई पनि ६ महिना तालिम दिईने गाउपालिका अध्यक्ष हरिसिंह धामीले बताए ।

अहिले हरेक वडाका १०–१० जनाका लागि तालिम सञ्चालन गरिएको उनले बताए ।

महिलालाई सिलाईकटाई पेषामा आत्मनिर्भर बनाउन गत आर्थिक बर्ष२०७४÷०७५ मा गाँउपालिकाले १२ लाख रुपँया बिनियोजन गरेको थियो भने, चालु आर्थिक बर्षको बजेट बाट ८ लाख रुपँया थप गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउघरमा पहिला सिलाई गर्ने मान्छे नहुँदा कपडा सिउन दिनभर हिडेर टाढा–टाढा जानु परेपनि अब घर नजिकै सिउन पाईने स्थानीय सुरेन्द्र साउदले बताए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles