36.7 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

सेती अञ्चल अस्पतालको लापरवाहीले शिशु साटियो

धनगढी, भाद्र २१, २०७५ ।

सेती अञ्चल अस्पतालको लापरबाहीले अस्पतालमा जन्मिएका शिशु साटिएको छ ।

अस्पतालमा सुत्केरी गराउन आउका महिलाको नवजात शिशु स्वाथ्यकर्मीको लापरवाहीले साटिएको छ ।

सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण साटिएका हुन ।

डडेल्धुराको आलितालकी भावना बोहरा आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु (छोरा) ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भएकोउनका छोरालाई निमोनिया भएका कारण चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराएका थिए ।

भदौ १७ गते नै सेती अञ्चल अस्पतालको प्रसुती वार्डमा कैलालीको गोदावरी गाउँपालिकाकी काली खातीले पनि छोरी जन्माएकोमा छोरीको स्वास्थ्यमा पनि समस्या देखिएकाले चिकित्सकले उनको छोरीलाई पनि एनआईसीयुमा पठाएका थिए ।

तर भदौ १८ गते काली खातीको बच्चालाई सञ्चो भएको भन्दै उनलाई चिकित्सकले डिस्चार्ज गरेपछि उनी धनगढीदेखि झण्डै २५ किलोमिटर टाढा रहेको गोदावरी नगरपालिकास्थित जनुनाभाडीमा रहेको घर तिर लागिन् तर घरमा पुग्दा आफ्नी छोरीको सट्टा अर्कैको छोरा आफुलाई दिएको थाहा पाईन् ।

एनआईसीयुमा काम गर्ने स्वास्थ्यकर्मीले खातीलाई छोरीको सट्टाका अर्कैको छोरा दिएको थापा पाएपछि उनले छोराकी आमा भावना बोहरासँग साटासाट गरेकी छिन् ।

निको भइसकेको छोरो बोकेर डडल्धुराको आलितालकी भावना बोहरा घर गइसकेकी छिन् भने काली खाती आज पनि सेती अञ्चल अस्पतालमै भर्ना छिन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles