ब्राउन सुगरसहित एक महिला पक्राउ

द्वारा : सुदुर न्युज
0

कैलाली, भाद्र २१, २०७५ ।

कैलालीको लम्कीमा ठेलामा लागुऔषधको कारोवार गर्ने महिला ब्राउन सुगर र चरेससहित पक्राउ परेकी छिन् ।

इलाका प्रहरी कार्यालय लम्कीले आज लम्की चुहा नगरपालिका–१ लम्कीमा ठेला व्यवसाय गर्दै आएका ६८ वर्षीया जनादेवी शाहीको ठेलाबाट १९ पोका ब्राउन सुगर र ३०० ग्राम चरेससहित पक्राउ गरेको हो ।

शाहीले ठेलाको डब्बामा राखी कारोवार गर्ने गरेको प्रहरीले बताएको छ ।

लागुऔषधसहित पक्राउ परेकी शाहीलाई लागुपदार्थ ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिनुभयो ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy