41.7 C
Mahendranagar
Friday, April 19, 2024
spot_img

ढुङगाले लागेर एक युवकको मृत्यु ,एक घाईते

बैतडी, भाद्र १९, २०७५  ।

पहिरो संगै भीरवाट खसेको ढुङगाले लागेर बैतडीमा मंगलवार बिहान घाईते भएका एक युवकको मृत्यु भएको छ ।

भने एक युवक घाईते भएका छन् ।

मृत्यु हुनेमा मेलौली नगरपालिका १ का २० बर्षीय आनन्दसिंह नेगी रहेका छन् ।

३५ बर्षीय देवेन्द्रसिंह नेगी घाईते रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए ।

ढुङगाले टाउकोमा लागेर गम्भीर घाईते भएका आनन्दको बैतडीमा उपचार हुन नसक्दा थप उपचारका लागी कैलाली लैजादै गर्दा दिउँसो साढे २ बजे बाटोमै मृत्यु भएको छ ।

मृतकको शव परिक्षणका लागी पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ ।

अर्का घाईते युवकको मेलौलीस्थित केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार उपचार भईरहेको छ ।

मंगलवार बिहान साढे ९ बजे घरवाट काडाँबजार बजार जाने बेला डेवराली भन्नेस्थानमा एक्कासी पहिरोसंगै खसेको ढुङगा लागेर उनीहरु दुबैजना घाईते भएका थिए ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles