कञ्चनपुरमा दुई युवती बेहोस भेटिए, एक वृद्धमाथि कुटपिट

द्वारा : सुदुर न्युज
0

कञ्चनपुर, भाद्र १९, २०७५ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा दुई युवती बेहोस अवस्थामा भेट्टिएका छन् ।

कृष्णपुर–५ चौराह नजिक गौरा हेर्न गएका बेलौरी नगरपालिका–९ का १९ वर्षीया अञ्जली राना र कैलालीको गोदावरी नगरपालिका–१ का बविता राना बेहोस अवस्थमा फेला परेका हुन् ।

दुवै जनालाई उपचारका लागि सेती अञ्चल अस्पताल भर्ना गरिएको ईलाका प्रहरी कार्यालय कृष्णपुरले जनाएको छ ।

बृद्धलाई कुटपिट
कृष्णपुर नगरपालिकामा एक वृद्धालाई कुटपिट गरिएको छ । कृष्णपुर–८ बिचुवाका ४० वर्षीय किशोरदत्त भट्टले मादक पदार्थ सेवन गरी ७० वर्षीया दुलारी रानालाई कुटपिट गरेका हुन् ।

इलाका प्रहरी कार्यालय कृष्णपुरले भट्टलाई नियन्त्रणमा लिइ आश्यक प्रक्रिया अगाडि बढाएको छ ।

0

सम्बन्धित् समाचारहरु

This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish. Accept Read More

Privacy & Cookies Policy