37.3 C
Mahendranagar
Friday, March 29, 2024
spot_img

कञ्चनपुरमा थप एक जना बलात्कारी पक्राउ

कञ्चनपुर, भाद्र १८, २०७५  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामुहिक बलात्कार गर्ने थप एक जना पक्राउ गरेको छ ।

कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाकी किशोरीमाथि भाद्र १४ बिहीबार राति सामुहिक बलात्कार भएको थियो ।

पिडित पक्षले दिएको किटानिको आधारमा बेल्डाँडी गाउँपालिका वडा नंं. १ का २२ बर्षिय जनक खडकालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको जनाएको छ ।

१५ गते मान बहादुर बिष्ट पक्राउ गरी सकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुबेर कडायत जानकारी दिनुभयो ।

भाद्र १४ बिहीबार राति ती बालिकाको घरमा पूजा चलिरहेका बेला मोटरसाईकलमा गएका ती युवकले फोन गरेर किशोरीलाई सडकमा बोलाएका थिए ।

सडकका पुगेकी ती किशोरीलाई अपहरणशैलीमा मोटरसाईकलमा राखेर ती युवकले घरदेखि अर्को गाउँ जबदिया भन्ने ठाउँमा लगेर सामुहिक बलात्कार गरेका थिए ।

गते १० साउन कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरीएको थियो भने अहिले सम्म हत्यारा पत्ता लागन सकेको छैन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles