25.1 C
Mahendranagar
Friday, April 26, 2024
spot_img

सुदुरपश्चिमको प्रमुख चाड गौरा पर्व

कञ्चनपुर, भाद्र १८, २०७५ ।

सुदुरपश्चिमेलीहरुको महान चाड गौरा पर्वको आज प्रमुख दिन सुदुरपश्चिमका ९ वटै जिल्लामा अठेवाली पर्व मनाइएको छ ।

गौरा देवीलाई मठ मन्दिर तथा घर भित्रवाट वाहिर ल्याई गौरी तथा शिव अर्थात उमा महेश्वरकोे पुजा अर्चना गर्दे धुमधाम संग यो

पर्व मनाईदै आएका छन ।

आज विहानै ब्रतालु महिलाहरुले न्वाईध्वाई गरी गौरा खलामा गई गौरा देविलाई वाहिर ल्याएर उमा महेश्वरको पुजा अर्चना गरेपछि सप्तमीको दिन गौरा देविमा आफुले चढाएका दुव धागो लाई निकालेर गलामा लगाउने गर्दछन ।

अमर–अटलको प्रतिक दुवोको समेत पुजा गरीने भएकाले आजकै दिनलाई दुर्वाष्टमी पनि भन्ने चलन छ ।

सप्तमिका दिन शुद्ध कासले वनाएर घरमा भित्र्याएको गौरा देविको मुर्ति र काठको महेश्वरको मुर्ति लाई घरवाहिर ल्याएपछि ब्रतालु महिलाहरुले पालैपालो ति गौरा देवी र महेश्वर लाई टाउको मा राखी खेलाउने गर्दछन ।

यसरी खेलाउदा उनीहरुले गौरा गित गाउने गर्दछन जसलाई (फाग) भन्ने गरन्छि ।

दिनभरीको उमा महेशवरको पुजा अर्चना गरिसकेपछि गौरापर्व थालनी गरीएका दिनमा भिजाएका पञ्चअन्न लाई वाडेर ब्रत वसेका महिलाहरुले आ–आफ्ना घर लैजाने विरुडा केहि भागले घर परिवारका सदस्यलाई पुज्ने र वाकि रहेको विरुडा लाई भुटेर प्रसादको रुपमा खाने गर्दछन ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles